मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'धर्मा'मा सेन्सर विवाद

फिल्मीखबर, काठमाण्डौ, 2010/10/07

प्रदर्शन पालो कुरेर बसेको मनीषा कोइराला अभिनित चलचित्र धर्मामा सेन्सर विवाद देखिएको छ ।



चलचित्र जाँचपासका लागि  बुधबार साँझ सेन्सरबोर्डका पदाधिकारीले सो चलचित्र हेरेपछी विभिन्न  ८ वटा सम्वाद र दृश्यमा सेन्सर हुने बताएपछी निर्देशक दीपेन्द्र के खनाल तनावमा परेका छन् । "सधै भरि पुरानो पारामा माया पिरती र बलत्कारको सिन राखेर फिल्म बनाउदा कहिले सिनेमा उद्योग माथि उठ्छ ?"  दीपेन्द्रले प्रश्न गरे ।



'मौलिकतामा आधारित भएर निर्माण गरिएका चलचित्रमा सेन्सर हुन्छ भने यहाँ फिल्म बनाउनुको कुनै अर्थ छैन ।'  दीपेन्द्रले भने । वर्तमान नेपाली राजनीतिक अवस्था, कर्मचारी तन्त्रमा फैलिएको भष्ट्रचारको बिषयको कथालाई बुलंद शैलीमा प्रस्तुत गरिएको चलचित्र धर्मा राष्ट्रियताको बिषयमा बनेको चलचित्र हो ।



यस अघि यस्तै बिषयमा निर्माण गरिएको नवल खड्काको चलचित्र दशगजा, फरक धारको  अपिल बिष्टको दासढुङ्गमा पनि सेन्सरले कैची चलाउदा ती चलचित्रको भावमा खल्लोपन भेटिएको थियो ।



सेन्सरबोर्डका पदाधिकारीलाई समेत मन परेको सो चलचित्र जाचपास हुन नसकेपछी पुनः एक पटक चलचित्र हेर्ने निर्णय  गरेको दीपेन्द्रले जानकारी दिए । धर्मामा कर्मचारी तन्त्रमाथि प्रयोग गरिएका केही सम्बादले भोली विवाद उत्पन्न हुन सक्ने भन्दै सेन्सरले प्रदर्शनको अनुमति नदिएको हो ।



पछिल्लो चरणमा चलचित्रकर्मीको तर्फबाट  सेन्सर प्रक्रिया खारेजीको माग उठिरहेको बेला बोर्डले धर्मामा पुनः सेन्सर विवाद उत्पन्न गराएको छ । आस्मा फिल्मस्को ब्यानरमा डा. दुर्गा पोखरेल ले निर्माण गरेको यस चलचित्रमा मनीषाको अलवा महानायक राजेश हमाल,  निखिल उप्रेती र अनु शाह मुख्य भुमिका रहेका छन् ।