
अष्टमीको दिनदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र 'कसले चोर्यो मेरो मन' सेन्सर बोर्डबाट यू सर्टिफिकेट सहित पास भएको छ । यू सर्टिफिकेटको अर्थ सवै बर्गका दर्शकले हेर्न मिल्ने चलचित्र भन्ने बुझिन्छ ।
अन्तिम फिल्टरका लागि बिहिबार बेलुकी सेन्सर बोर्ड गएको सो फिल्मको कुनै पनि दृश्य र सम्बादमा सेन्सरले कैची लगाउने ठाँउ नभेटेको निर्देशक सबिर श्रेष्ठले फिल्मीखबरलाई जानकारी दिएका छन् । नाइट किङ्ग सबिरले यस फिल्मबाट निर्देशकमा डेब्यू गरेका हुन ।
रेखा फिल्मसको पाँचौ प्रस्तुती रहेको यस चलचित्रमा राजकुमारी र सामान्य परिवारमा हुर्कीएको युवकबीचको गहिरो प्रेम कथा देखाउन खोजिएको छ । यस फिल्ममा राजकुमारीको भूमिकामा रेखा रहेकी छिन् ।
संसारको नियम अनुसार अन्य चोरहरूलाई घृणा गरिएपनि मननै चोरिदिने चोरलाई सधै हेरू-हेरू जस्तो भईरहने प्रेमकहानी उत्कृष्टताको साथ चलचित्रमा देखाउन खोजिएको निर्देशक श्रेष्ठ बताउछन् ।