मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मंसिर तिन गते 'बाटोमुनिको फूल'

फिल्मीखबर, काठमाण्डौ, 2010/10/07

प्रेमकथा तथा सामाजिक भेदभावका विषयमा आधार भएर    निर्माण गरिएको चलचित्र  'बाटोमुनिको फूल' को सार्वजनिक प्रदर्शन आगामी मंसिर तिन गते हुने भएको छ ।

 दुई गायक यश कुमार र बाबु बोगटीको साथमा रेखा थापा र नन्दिता केसीले मुख्य अभिनय गरेको सो चलचित्रलाई सुरज सुब्बा 'नाल्बो '  ले निर्देशन गरेका हुन् । राजेश घतानीले निर्माण गरेको चलचित्र 'बाटो मुनिको फूल' मा यश कुमार ले संगीत भरेका छन् ।

 यो धर्तिमा सबै जनाको अधिकार उत्तिकै हुन्छ र सबै जना आ-आफ्नो तरिकाले बाँच्न पाउनु पर्छ र बाँच्न दिनु पर्छ भन्ने  सन्देश यस चलचित्रले बोकेको निर्देशक सुब्बाको भनाई छ ।

 गायन क्षेत्रमा आफ्नो नाम स्थापित गर्न सफल यि दुई गायकलाई नायक भएको दर्शकले कति सम्म रूचाउने हुन्, त्यो भने हेर्न बाँकी नै छ । यि दुई कलाकारको अभिनय जे जस्तो भए पनि यस चलचित्रलाई पछिल्लो समयको निकै प्रतिक्षारत चलचित्रको रूपमा हेरिएको छ ।