मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पालो नेपालको

फिल्मीखबर, काठमाण्डौ, 2010/10/07

करिब ४ बर्ष अगाडी निर्माण गरिएको चलचित्र 'नेपाल' दशैंको अवसर पारेर यहि असोज महिनाको अन्तिम साताबाट राजधानीमा प्रदर्शन हुँदैछ ।

 

चलचित्र 'नेपाल' को प्रदर्शन मिती नजिकिंदै जाँदा यसका निर्माता तथा कलाकार निर्मल शर्माको व्यस्तता निकै बढेको छ । दयाराम दाहालले निर्देशन गरेको सो चलचित्रले राजधानीमा प्रदर्शनको लागी निकै समय कुर्नु परेको थियो ।
 

 

राजेश हमाल, सुधांशु जोशी, धिरेन शाक्य, सञ्चिता लुइटेल, सज्जा मैनाली, दीपकराज गिरी, निर्मल शर्मा, सिर्जना बस्नेत ,  केशब भट्टराई, गणेश उप्रेतीलगायतका कलाकारको अभिनय रहेको सो चलचित्रमा शम्भुजीत बाँस्कोटाको संगीत रहेको छ ।

 

चलचित्रले देशप्रति वितृष्णा हुने, मातृभूमि बिर्सने, आफ्नो उत्तरदायित्व बिर्सनेका लागि चोटिलो प्रहार हान्ने निर्माता शर्माको भनाई छ । अमेरिकामा पहिलो पटक छायाँकन गरिएको चलचित्र 'नेपाल' मा निर्मल शर्मा, सुधांशु जोशी र राजन कुमार शाहीको लगानी रहेको छ ।