मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एनसेलसंग कुरा मिलेन धुगुको

फिल्मीखबर, काठमाण्डौ, 2010/10/08

१२ लाख  पाएपछी विवादित रियल जुसको विज्ञापन समेत खेल्न पछी नपरेका महानायक राजेश हमाल (धुगु )को एनसेलसंग  पैसा विवाद भएको रहस्य खुलेको छ । धुगु राजेशको घरमा बोलाउने नाम हो ।



एक विश्वस्निय स्रोतले दिएको जानकारी अनुसार  टेलिभिजनको विज्ञापनको लागि एन
सेल पहिलेको (पूरानो मेरो मोबाईल कम्पनी) ले राजेशलाई ६ लाख दिएको थियो तर त्यो विज्ञापनको बिषय होरिङबोर्डमा पुगेपछी महानायकले थप तीन लाख मागेका थिए ।



डिमाण्ड गरेको थप तीन लाख एनसेलले दिन नसक्ने बताएपछी राजेशले सो विज्ञापन नखेल्ने निर्णय गरेका गरे र लगत्तै विवादित रियल जुसको विज्ञापनमा उनी अनुबन्धीत भएका रहेछन् । गएको असोज १२ गते अमेरिका गएका राजेश असोज २७ गते नेपाल फर्किदैछन् ।