मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दश ठाँउमा 'झाक्री'

फिल्मीखबर, काठमाण्डौ, 2010/10/08

सत्य घटनामा आधारित तर फरक बिषयबस्तुमा निर्माणमा गरिएको चलचित्र 'झाक्री'  आज शुक्रबारबाट प्रदर्शनमा आएको छ ।

एस फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो चलचित्र बनेपा सहित राजधानीका १० सिनेमाघरमा देखाईने सो चलचित्रका प्रस्तुतकर्ता समेत रहेका नायक अमृत लामाले फिल्मीखबरलाई जानकारी दिए ।अन्तराष्ट्रिय स्तरमा समेत ख्याती  कमाएको यस चलचित्रलाई किशोर ढकालले निर्देशन गरेका हुन ।

गएको भदौ १४ गते चलचित्र बिकास बोर्डले यो चलचित्रलाई विशेष चलचित्र ठर्‍याउदै अवार्ड समेत दिएको थियो । तीन बर्षअघि निर्माण गरिए  पनि यो चलचित्रले भर्खर मात्र प्रदर्शनको पालो पाएको हो । झाक्रीहरूको यथार्त कथालाई आधार बनाएर निर्माण गरिएको यो चलचित्र २ घण्टा १० मिनेटको रहेको छ ।

 

चलचित्रमा अमृत लामा, जयनन्द लामा, बसुन्धरा भुषाल, सम्झना खड्का अर्पणा सिहँ लगायतले अभिनय गरेका छन् ।