मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तुलसीको देशमा देउता भेटिएन

सचिन घिमिरे, काठमाण्डौ, 2010/10/08

'हल्लै हल्लामा वन्द गरिदिएँ अनि हल्लै हल्लामा खोलिदिएँ' । नायक निखिल उप्रेतीले चलचित्र देशमा वोलेको यो सवाँदले नेपालमा हुने वन्द सस्कृतीको सही अर्थमा धज्जी उडाएको छ ।

 

दुई चार जना लठैतहरु जम्मा भएर पनि वन्द गर्न सकिने अवस्थामा पुगेको यो देशलाइ चलचित्र देशले व्यँग गरेको छ । यदपी  धेरै वटा राम्रा र सफल चलचित्र निर्देशन गरिसकेका पाका निर्देशक घिमिरेले चलचित्र देशमा विषयवस्तुको उठान, पटकथामा हुनुपर्ने नविनता, सन्देश प्रवाहमा स्पष्टता अनि पात्र प्रवृतिको स्थापना जस्ता पक्षहरुमा नै निर्देशकिय दृष्टीकोणले प्रशष्त त्रुटीपुर्ण कामहरु गरेका छन ।

 

गोर्खा सैनिकको नाममा गर्नु परेको हिँसात्मक वलीदानी, नेपालमा हुने अनावश्यक वन्द,  क्याम्पसको राजनितीमा आफनो स्वार्थ सिद्द गर्न खोज्ने समुहको प्रभाव, युवाहरुमा निहित वेरोजगारीवाट फाइदा उठाउनॆ गिरोहहरुको कथा वुनेर वनेको चलचित्र देश एउटा कमजोर सिर्जनाको रुपमा प्रस्तुत भएको छ । एकैपटक तिन चारवटा चलचित्र हेरे जस्तो महशुश हुने चलचित्र देशमा चलचित्रले दिन खोजेको मुख्य सन्देश नै गम्भीर रुपले अन्तरविरोधी छ ।

 

अघिल्लो पुस्ताले वन्दुक समातेर लडेका थिए अवको पुस्ताले कलमको सहयोगले आफनो अधिकारको लागी लडनु पर्दछ भन्ने सन्देश चलचित्रमा प्रवाह गर्दा अहिंसाको सन्देश सँगसँगै चलचित्रले हिंसाको सन्देशलाइ पनि वलियो गरेर प्रवर्दन गरेकै देखिन्छ ।  क्याम्पसमा जातिय राजनितिको आवाज उठाउने अन्य बिधार्थीहरुलाइ नायक निखिल उप्रेतीले वहसले भन्दा पनि घाइते हुने गरी धुलाइ गरिसकेपछि  वौद्दिक वर्गले क्याम्पसमा जातिय राजनिती गर्ने होइन भनेर दिएको सन्देश चलिचत्रमा अत्यन्त हाँस्यास्पद छ । सहनायक उप्रेतीलाइ जातिय राजनितिको नकरात्मक पक्षमा तर्क गराउनु भन्दा पनि असहमत हुने जमातलाइ चुटदै पिटदै  पर्दामा उतार्दा दर्शकले ताली पो वजाइहाल्छन कि भन्ने दिर्घ भ्रम निर्देशकले पालेको कारण सामाजिक सवेंदनशीलताको यस दृश्यले उपहास गरेको छ ।

 

राष्ट्रीय एकता प्रधान हो र अन्य पक्ष सवै गौण हो भनेर चलचित्रमा देखाए जस्तै  यथार्थमा पनि जहाँ जहाँ जातीय स्वायत्तताको  प्रसँग उठछ त्यहाँ त्यहाँ एकले अर्कालाइ मुडकी र मसलले नै तह लगाउने हो भने यो देशको हालत के होला  नेपालमा जातीय स्वायत्तता आवश्यक छ कि छैन भनेर लोकतान्त्रीक वहश भइ नै रहेको अवस्थामा सोही वहशलाइ चलचित्रमा अत्यन्त कुरुप र हिसाँत्मक तरिकाले प्रस्तुत गर्नु गम्भीर विडम्वना हो ।

 

अर्को उदाहरणमा  आफनो आमाको हत्याको वदला लिनको लागी वाल कलाकारले चलचित्रको खलनायकलाइ लाइटरले आगो लगाइदिएर  जिउँदै जलाइदिन्छन । त्यस हत्यालाइ चलचित्रमा एक सहज घटनाको रुपमा यसरी चित्रीत गरिन्छ कि मानौं  मान्छे मार्नु र जाडोमा आगो ताप्न काठको मुडा वाल्नु एकै हो । हुन त चलचित्रमा पटकथा कसरी वगाउने भन्ने चलचीत्रको आफनो निहित उद्देश्य होला । तर  कानुनको धज्जी उठाएर चलचित्र हेर्ने दर्शकलाइ हिसाँको विषालु टनिक दिमागमा हालीदिने यस्ता चलचित्रहरु नेपालमा मौलाउँदै गइरहेको अपराधको सँस्कृतीलाइ नै मलजल गर्न सहायक सिद्द हुन्छन । 

 

एकातिर सानो वालकलाइ वन्दुक होइन  कलमले सर्घष गर्नुपर्दछ भनेर सिकाउने कोशीश गरिन्छ । अर्कोतर्फ त्यही सानो वालकले वदलाको भावना स्वरुप हत्या जस्तो जघन्य अपराधमा संलग्न हुँदा उस्लाइ मौन समर्थन दिइन्छ । यो भन्दा अन्तरविरोधी सन्देश शायदै कुनै चलचित्रमा देख्नुपर्ला । एकै चलचित्रमा देशमा भएका थुप्रै वेथितीहरु चित्रण गरेकोले पनि होला कुनै पनि मुदामा चलचित्र गहिरो किसिमले वग्दैन । देश चलचित्रले न त गैरकानुनी तवरले विदेश पठाउन सकृय दलालहरुको वारेमा केहि नयाँ आयाम नै दिन्छ  न त नेपाल वन्दको थुप्रै नकरात्मक पक्षहरुलाइ नै उजागर गर्दछ ।

 

पहिलो भागमा हेर्दा कतै गोर्खाहरुको वारेमा वनेको चलचित्र हो की भन्ने भान परेपनि कथाले पुस्तेनी छलाँग मार्दा एकैपटक दुई तिनवटा चलचित्र हेरे जस्तो लाग्न थाल्दछ । पुराना चलचित्रका सिडिहरु थुपारेर नयाँ चलचित्र लेख्ने कथाकारहरुको सिर्जनात्मक वेइमानी र निर्देशकले त्यस्ता कथाहरुलाइ आँखा चिम्लेर निर्देशन गर्ने जस्ता नेपाली चलचित्रहरुमा भएको दिर्घरोगवाट चलचित्र देश पनि मुक्त हुन नसकेको  स्पष्टै देखिन्छ ।

 


निर्देशक घिमिरे एक अनुभवी निर्देशक भएरपनि भर्खरै निर्देशन शुरु गरेका अल्लारेहरुझैं यथेष्ट गल्तीहरु गरेका छन । चरित्र अभिनेत्री मिथिला शर्मालाइ वम हानेपछि अनुहार डढेर कालो हुँदा लगाएको कपडा भने टकटका सेतो नै हुनु,  निखिलको वहिनिको अभिनय गरेकी कलाकार कौसीवाट लडेर सेतो पट्टी वाँधेपछि निधारमा रगतको टाटो देखाएर घाउ अगाडी जस्तो देखिनु अनि मृत्यु भएपछि निधारमा घाउको चोट नै नदेखिनु  नेपाली चलचित्रमा धेरपटक दोहरीरहने किसिमका त्रुटीहरु हुन ।

 

मिथिला शर्मालाइ वम लागेको दृश्य र पोलीयो भएकी कलाकार लडेर घाउ भएको दृश्यमा कला सँयोजनको पक्ष अत्यन्त कमजोर छ । नायक राजेश हमाल अत्यन्त सँवेदनशिल सवाल वोली रहँदा वाल कलाकारहरुको अनुहारको भाव हसिँलो देखिनु,  हिन्दी शव्दहरु जस्तै: मक्सद  इन्तजाम र नेपाल वन्दको उच्चारण हिन्दी भाषामा जस्तो गर्नुले  नेपाली भाषालाइ झनै कुरुप वनाएको छ ।

 

सहनायक निखिल अन्य चलचित्रहरुमा जस्तै सदावाहार ढगँले घरको कुनै सदस्यको जिम्मेवारीमा पर्नु, त्यस वाध्यतावाट उम्कन कुनै अवैधानिक गिरोहहरुसँग सँगत गर्न विवश हुनु यी नेपाली चलचीत्रमा देखाइने सदावाहार क्लीसेहरु हुन । निर्देशक  घिमिरे अन्य नेपाली चलचित्रमा समेत सयौं पटक दोहोरीसकेका यस्ता क्लिसे पटकथाहरुमा रमाउलान भनेर  नेपाली दर्शकहरुले सपनामा पनि सोचेका थिएनन होला । यस्को अतिरिक्त पात्रलाइ पर्दामा कसरी वुचेको देखाउन सकिन्छ भनेर अतिरीक्त मिहेनत नगर्नाले चलचीत्रमा देखाइने पात्रहरुसँग आम दर्शकले सानिध्यतानै गाँस्नै सक्दैनन ।

 

नायक राजेश हमाल प्रत्येक दृश्यमा कपडा फरेको फेर्यै गर्नु,  विना हेलमेट मोटरसाइकलमा हुनु,  ठाउँ कुठाउँ पात्रले नायकी पारा देखाएर लामो सँवाद वोलीहाल्नु जस्ता कथित मुलधारे क्लीशे शैलीहरुले चलचीत्रका पात्रहरु अर्कै सँसारका पात्र जस्ता लाग्छन । जव चलचित्रका पात्रहरु उपरियथार्थमा रमाउँछन तव दर्शक, कथावस्तु अनि चलचित्रका पात्रहरुको विचमा आकाश जमिनको खाडल देखापर्दछ ।  साथै  चलचित्रको अन्तमा कथाको मुल नायकलाइ गोली लागेपछि पनि नायकले राष्ट्रीयताको खातिर आदर्श वाणीहरु धाराप्रवाह वोलीरहँदा यस दृश्यले  आफनो उदेश्यमा दत्तचित्त भएर लागीरहनु पर्दछ भन्ने सन्देश  त प्रवाह गर्न खोजेको होला तर यथार्थमा कसैलाइ गोली लागीसकेपछि पनि चलचीत्र देशमा देखाइए जस्तो आफन्तहरु के भयो भनेर सोध्दा पनि चलचत्रिमा निरुता सिहले वोले जस्तै केहि भएको छैन भनेर असवेदनशील सवाँद  वोल्न सक्छन होला  ?  यो कथालाइ चलचित्रकिरण गर्ने सवालमा देखाइएको हदै सम्मको कृतीमताको उदाहरण हो । 

 

जिवनको कुनै यथार्थहरुसँग मेल नखाने गरि लेखिने यस्ता पटकथाहरुले आम जनमानिसलाइ के मार्गनिर्देशन दिने हो कुन्नी यो त निर्माण पक्षलाइ नै अवगत होला ।  विषयवस्तुको उठानमा अनुसन्धानात्मक पक्षको कमी,  चलचीत्र निर्देशनको सवालमा कलात्मकता र सिर्जनामा कम गोडमेल, चलचीत्रमा सवाँद र मुख चलाएको नमिल्नु  नायकको सदावहार शैलीमा कराउने र च्याँठीने सवाँद शैलीको नै हावी हुनु,  हलमा मधुरो रिसोलुसन देखिनु पनि चलचीत्रलाइ प्रस्तुतीमा अनार्कषक वनाउन सहयोगी अन्य पक्षहरु हुन ।

 


केहि सकरात्मक पक्ष केलाउँदा  नायक राजेश हमालले पहिलेका चलचित्रहरुमा भन्दा आफुलाइ तुलनात्मक रुपले खुकुलो ढँगले प्रस्तुत गर्नु,  छायाँकनको सवालमा केहि मिहेनत गर्न खोजे जस्तो देखिनु,   थुप्रै परिवेशका  सवाँदहरु मन छुने हुनु अनि अन्य चलचित्रको तुलनामा द्दन्दको दृश्य  कम राख्नु चलचित्र देशको सकरात्मक पक्षहरु हुन । यस्को अलावा  युद्दमा मारिने  योद्दाहरुका परिवारिक पिडा उजागर गर्नु,   नेपाल वन्दको कारण विरामीलाइ अस्पताल पुराउन नसकेर मृत्युवरण गर्नुपरेको पिडादायी यथार्थ देखाउनु, हिसाँ छोडेर अहिँसाको वाटो अँगाल्न प्रेरित गर्नु अनि राजनिति वेवास्ता गर्ने युवा पुस्तालाइ राजनितिलाइ घृणा गरेर समाधान भेटिदैंन भनेर सन्देश दिनु चलचित्र देशका कहि सवल पक्ष हरु हुन । 

 

व्यक्ती भन्दा पार्टी ठुलो हुन्छ अनि पार्टीभन्दा देश ठुलो हुन्छ भन्ने सन्देश पनि चलचित्र देशमा भएको राम्रो सन्देश हो । चलचित्रले दिन खोजेको मुल सन्देशलाइ कलात्मक तरिकाले वलीयोसँग स्थापीत गर्न सकेको भए तुलसी घिमिरे देउता र दर्पण छाँयाको वेलामा जस्तै फेरि एकपटक चर्चाको शिखरमा पुग्दथे होलान भन्ने अनुमान शायद गल्ती नहुन सक्छ ।