मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एप्टेकले सतायो यश कुमारलाई

फिल्मीखबर, काठमाण्डौ, 2010/10/08

गायकबाट नायकको पहिचान बनाउदै गरेका यश कुमारलाई कम्प्यूटर ट्रेनिङ दिने एक सस्था एप्टेक कम्प्युटर एजुकेशनले निकै सताएको छ ।



ललितपुर स्थित कुमारीपाटीमा रहेको सो एजुकेशनले ग्रयाण्ड कम्प्यूटर सिक्न आउनु होला भन्दै दिन दिनै फोन गरेकाले उनको दिमाग खराब भएको छ ।  कम्प्यूटर कोर्सको आवश्यक्ता आफुलाई नपरेको भन्दै यश कुमारले आफ्नो फोन नम्बर कसले त्यहाँ दिएको भन्दै अचम्म समेत मानेका छन् ।



कम्प्यूटर कोर्सको लागि तपाई आफु आउन नसकेपनि आफन्तलाई ट्रान्सफर गर्नु होला, भरसक आफै आई ५० प्रतिशत छुटको सदुपयोग गर्नुहोला जस्ता आग्रहले यशको टाउको निकै दुखेको छ । नरम आग्रह फोनबाट आएपछी यशले त्यो आग्रहलाई नराम्रो प्रतिक्रिया पनि दिन सकेका छैनन् ।



भृकुटीमण्डपमा आयोजना हुने गरेका विभिन्न एजुकेशन फेयर र एक्सपोमा भर्न दिएका स-साना फर्ममा कसैले आफ्नो नम्बर  भरिदिएकाले कम्प्युटर कोर्सका लागि त्यो संस्थाले आफुलाई बारम्बार फोन गरेको यशको अनुमान छ ।



 यश कुमार सुरज सुब्बाले नाल्बोले निर्देशन गरेको चलचित्र 'बाटो मुनिको फूल' बाट  हिरोको परिचय बनाउदै छन् । जुन चलचित्र आगामी मंसिर ३ गते देखि देशव्यापी प्रदर्शनमा आउदै छ ।