मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

युवाले बनाए मगर फिल्म

कृष्ण न्यौपाने, दमौली, 2010/10/09

तनहूँ, लमजुङ र कास्कीका युवाहरुले मगर चलचित्र निर्माण गरेका छन् । याम सारु मगर, काशिम राना मगर, गोविन्द थापा मगर र देवेन्द्र थापा मगरले मगर भाषाको चलचित्र 'मिगिन' निर्माण गरेका हुन् ।

 

मगर युवाहरु लाहुरे मात्र हुने परम्परा रहिआएकोमा चलचित्रबाट लाहुरे मात्र नभई अन्य पेशामा पनि युवाहरु लाग्न सक्छन् भन्ने देखाउन खोजिएको छ । निर्माता काशिम राना मगरको निर्देशन रहेको यस चलचित्रमा मगर जातिको भाषा सांस्कृति रितिरिवाज झल्कने खालका दृश्यहरु बढी मात्रामा समावेश गरिएको छ । तनहूँ, लमजुङ, गोरखाका विभिन्न भागमा छायाङ्कन गरिएको यस चलचित्र २ घण्टा १० मिनेटको रहेको चलचित्रका निर्माता याम सारु मगरले बताए ।

 

चलचित्रमा निर्माता काशिम राना मगर, रस्निता थापा, यामलाल थापा, सुमन थापा, चर्चित थापा, सुस्मा राना, आशा राना, देवेन्द्र थापा लगायतको मुख्य भूमिका रहेको छ । उक्त चलचित्र शुक्रबार दमौलीको मनकामना चलचित्र हलमा समेत प्रदर्शन गरियो । चलचित्र हेर्न मगर समुदायका युवायुवती एवं वृद्धवृद्धाहरुको उल्लेख्य उपस्थिति थियो ।

 

कुल ६ लाखको लागतमा निर्माण गरिएको चलचित्र चाँडै नै देशका विभिन्न भाग र विदेशमा समेत प्रदर्शन गर्ने तयारी भइरहेको निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रका निर्माता याम सारु मगर एक बिधालयका संस्थापक, काशिम राना मगर सञ्चारकर्मी गोविन्द थापा मगर र देवेन्द्र थापा मगर व्यवसायी हुन् ।