
एक महिने लम्बे सुटिङको लागि राजधानी बाहिर गएकी फष्टलभ हिरोइन ऋचा शर्मा फुर्सदिली भएकी छिन् ।
चार दिन अघि राजधानी फर्किएकी शर्मा यो समय घरमा खाना पकाउन तथा सरसफाईमा जुटेकी छिन् । पानी जुधेका कारण दशैको मुखमा केही विरामी समेत भएकी शर्माले भुषण दाहालले निर्देशन गरेको टेलिचलचित्र 'हाम्रो टीम' मा मुख्य भूमिका निर्वाह गरेकी छिन् ।
उसैत काली बर्णकी ऋचा हेटौडाको ३० डि ग्री भन्दाबढीको तापक्रममले झन् काली भएकी छिन् । यस कुमारको थाकेको यो नजरमा भन्ने गीतबाट म्यूजिक भिडियो करिअर सुरू गरेकी टलेष्ट नायिका शर्माले हाल सम्म दुई दर्जन म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छिन ।
ऋचाले सिमोस सुनुवार निर्देशित चलचित्र 'फष्टलभ'बाट हिरोईनको परिचय बनाएकी हुन । जुन चलचित्रलेले बक्स अफिसमा सर्वाधिक व्यापार गर्न सफल भएको थियो ।
फुर्सदिली ऋचाले घरमा खाना बनाईरहको अवस्थामा भनिन् 'अब म दशै सम्म फ्रि छु ।' उनलाई तीन वटा नयाँ चलचित्रबाट फिल्म खेल्ने अफर पनि आएको रहेछ तर ती अफरका बारे उनले केही खोल्न चाहिनन् ।