मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिव श्रेष्ठको सम्मानमा त्रुटी

अनुप भट्टराई, काठमाण्डौ, 2010/10/09

नेपाल चलचित्र कलाकारसंघको नवौं साधारण सभामा अभिनेता शिव श्रेष्ठलाई प्रदान गरिएको सम्मान पत्रमा त्रुटी फेला परेको छ ।



चलचित्र क्षेत्रमा तीन दशकयता अभिनयको माध्यबाट समाजमा पुर्‍याएको योगदानको कदर गर्दै  शनिबार संघले प्रदान गरेको सो प्रमाण पत्रमा २०६६ हुनु पर्नेमा २०६५ भनी उल्लेख गरिएको छ ।



नवौं साधारण सभामा अभिनेत्री शकुन्तला शर्मालाई २०६५ र नायक शिव श्रेष्ठलाई २०६६बाट चलचित्र कलाकार सम्मान पुरस्कार प्रदान गरिएको थियो । तर प्रदान गरिएको सो सम्मान मध्ये शिव श्रेष्ठलाई दिईएको ताम्रपत्रमा  फिल्मीखबरले त्रुटी फेला पारेको हो ।



प्रमाणपत्र  सहित शकुन्तला र शिवलाई नगद रू ५१-५१ हजार सभामुख सुवास चन्द्र नेम्बाङ्गले हस्तान्तरण गरेका थिए ।  उनीहरूसंगै चलचित्र पत्रकारितामा योगदान पुर्‍याएका दुई रंग पत्रकार र एक फोटो पत्रकारलाई पनि सम्मान गरिएको थियो । सम्मान पाउने ती पत्रकार बिजय रत्न तुलाधार, डब्बु क्षेत्री र राजिव श्रेष्ठ हुन । उनीहरूको सम्मान पत्रमा भने त्रुटी थिएन ।