मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकारसंघको साधारणसभा सम्पन्न

फिल्मीखबर, काठमाण्डौ, 2010/10/09

शनिबार नेपाल चलचित्र कलाकारसंघले आफ्नो नवौं साधारण सभा सम्पन्न गरेको छ । संविधानसभा अध्यक्ष सुवाँस चन्द्र नेम्वाङ्गको आतिथ्यमा सम्मपन्न सो सभामा महाँसचिव र कोषाध्यक्षको बार्षिक प्रतिवेदन तथा भावी योजना प्रस्तुत गरिएको थियो ।


बिहान ११ बजे देखि सुरू सो बाषिर्क साधारण सभा बेलुकी ४ बजे सम्म चलेको थियो । कलाकारहरूको उपस्थित निकै कम रहेको सो सभामामा नबल खड्काले महासचिवको प्रतिवेदन पेश गरेका थिए ।


रमेश बुढाथोकीको अध्यक्षतामा गठित  नयाँ कार्यसमितिको पहिलो पटक बसेको साधारणसभामा  एक बर्षयता संघले गर्दै आएको विविध गतिविधि र भावी योजना महासचिवको प्रतिवेदन मार्फत  उल्लेख गरिएको छ ।



संसारमा कुनै पनि  चलचित्रमा सेन्सर नगर्ने नियमलाई औलाउदै सो प्रतिवेदनमा आम सञ्चारका माध्यम सेन्सर मुक्त भईसक्दा पनि नेपालका चलचित्रलाई  सेन्सरबाट मुक्त गराउन बिशेष अभियान थालिनेकुरालाई मुख्य योजना बनाईएको छ । यस्तै भावी योजनामा पाँच विकास क्षेत्रमा संघको शाखा विस्तार, नरेफाटमा संघको नाममा जग्गा प्राप्त भएपनि सो जग्गामा आफ्नै भवन निर्माण गर्ने अभियान,  नेपाल सरकारले घोषणा गरेको पर्यटन बर्ष २०११ लाई आफ्नो क्षेत्रबाट सहयोग तथा अन्य विविध बिषय लाई भावी योजनाको रूपमा प्रस्तुत गरिएको छ ।



यस्तै संघले दुई जना कलाकार र तीन पत्रकारलाई पनि सम्मान गरेको छ । संघले तीन दशक यता अभिनयको माध्यमबाट नेपाली चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानलाई कदर अभिनेत्री शकुन्तला शर्मालाई २०६५ र अभिनेता शिव श्रेष्ठलाई २०६६ छुट्टा-छुट्टै ताम्र पत्र र नगद रू ५१  हजार सहित सम्मान गरिएको हो । त्यो सम्मान संविधानसभा अध्यक्ष सुवास चन्द्र नेम्वाङ्गले हस्तानतरण गरेका थिए ।


यस्तै  पत्रकारिताको माध्यमबाट  योगदान पुर्‍याएका दुई रंग पत्रकार र एक फोटो पत्रकारहरू क्रमश  बिजय रत्न तुलाधार, डब्बु क्षेत्री र राजिव श्रेष्ठ लाई ताम्रपत्र सहित सम्मान गरिएको थियो ।