मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

इजरायलमा पहिलो पटक नेपाली चलचित्र

फिल्मीखबर, काठमाण्डौ, 2010/10/09

पछिल्लो समयमा रोजगारका लागी नेपालीहरूको गन्तव्य बनेको इजरायलमा पहिलो पटक नेपाली चलचित्र प्रिमियर हुने भएको छ ।

 

सुरज सुब्बा 'नाल्बो' को निर्देशनमा गायक यश कुमार, बाबु बोगटी, रेखा थापा र नन्दिता केसीले मुख्य भुमिका निर्वाह गरेको चलचित्र 'बाटो मुनिको फूल' लाई नेपाली कामदार सहयोगी मञ्च ईजरायलले प्रिमियर गर्दै छ ।

 


अंग्रेजी नयाँ बर्षको अवसरमा यहि डिसेम्बर ३१ तारिख र जनवरी १ तारिखका दिन सो चलचित्र प्रदर्शन हुने भएको छ । नेपाली कला र प्रतिभाको सम्मान गरौं भन्ने मूल नाराका साथ आयोजना हुन लागेको सो प्रिमियर कार्यक्रमसँगै कन्सर्ट पनि हुँदैछ ।

 

ईजरायलको हा हगना - १३५, बेइट हार्बोर हलमा बेलुका आठ बजे सो चलचित्र प्रदर्शन हुनेछ । चलचित्र प्रदर्शन भए लग्गत्तै दर्शकहरूले बाबु बोगटी, राजेश घतानी र डम्बर नेपालीको लाईभ गीत प्रस्तुतीको साथमा स्थानिय कलाकारहरूको प्रस्तुतीबाट मज्जा लिन सक्नेछन् । कार्यक्रमको टिकट मूल्य ४९ सिकेल राखिएको छ ।

 

करिब २५ हजार नेपाली कामदारहरू रहेको मुलुक इजरायलमा पहिलो पटक नेपाली चलचित्र प्रदर्शन हुन लाग्दा त्यहाँ बस्ने नेपालीहरू चलचित्र हेर्नै निकै हौसिएको चलचित्रका निर्माता राजेश घतानीले फिल्मीखबरलाई जानकारी दिए । सो कार्यक्रमको संयोजन इजरायलमा बस्दै आएका नेपाली तुलसी सिवाकोटीले गर्दै छन् ।