मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

युवराज लामाको यान्त्रिक दुरूपयोग

अनुप भट्टराई, काठमाण्डौ, 2010/10/10

बोल्न पाए भन्दैमा प्याच्च नबोल्नु, बस्न पाए भन्दैमा थ्याच्च नबस्नु अनि गर्न पाए भन्दैमा जे मन लाग्छ त्यहीँ नगर्नु भन्ने उखान सायद निर्माता तथा निर्देशक युवराज लामालाई थाहाँ रहेनछ ।



शनिबार नेपाल चलचित्र कलाकारसंघको नवौं  साधारणसभामा विशेष अतिथि बनेका युवराजले गर्नु सम्म दुरूपयोग गरे आफ्नो मोबाईलको । संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ्ग प्रमुख अतिथि रहेको सो कार्यक्रममा वान पोइन्ट थ्री मेघा पिक्सलको नोकिया मोवाईलले फोटो खिच्दै  तान्डव दृश्य देखाईहाले लामाले ।

 


यो समाचारसंगै राखिएको तस्बिरहरुले समेत पुष्टी गर्छ उनले कसरी फोटो खिचिरहेका छन् । प्रमुख अतिथि नेम्बाङ्ग, विकास बोर्ड अध्यक्ष अमर राज गिरि बसेको बाया पक्तिको भागमा बसेका ५० बर्षे युवराजले  पटक-पटक आफु विशेष अतिथि भएको विर्सिदै मोवाईले फोटो खिचिरहेका थिए ।


कार्यक्रम स्थलको अग्र भागमा अतिथि बनेर बसेका युवराजको तस्बिर फोटो पत्रकारहरूले नखिचेका भने हैनन् । उनलाई कति सम्मको फोटो खिच्ने रहर रहेछ भने अतिथिको आसन ग्रहण भईरहेको बेला जुरूक्क उठेर पत्रकार झै उनले मोबाईल घुमाई-घुमाई भिडियो र फोटो खिचिरहेका थिए । काठमाण्डौको कमलादी स्थित प्रज्ञाभवनको सभा हल भित्र युवराजले देखाएको त्यो तान्डब दृश्यले उपस्थित चलचित्रकर्मी र अतिथिले समेत उनको आलोचना गरेका  थिए ।



उमेरले आधा सताब्दीका भएपनि उनले कार्यक्रम स्थलमा देखाएको त्यो व्यवहार एक पैसाको थिएन् । अझ  विशेष अतिथिको रूपमा आमन्त्रित गरिएका युवराज उप्पर खुट्टी लगाएर आफु अतिथि भएको गर्व गरिरहेका थिए ।
उनीसंगै बसेका अन्य अतिथि भने सभ्य भएर बसेका थिए ।



तर युवराजले मनमनै सोचेको त्यो गर्व कति घिनलाग्दो थियो भन्ने कुरा कार्यक्रम स्थलमा उपस्थित भएका चलचित्रकर्मीलाई मात्र थाहा थियो । अरे युवराज जी तपाईलाई फोटो खिच्न मन नै थियो भने कुनै फोटो पत्रकारलाई आग्रह गर्न सक्नु हुन्थ्यो तर अतिथिको आसनबाटै उठेर त्यस्तो  ब्यवहार त देखाउनु भएन् नि.....