मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पुजनाले साईबर संसार विरूद्ध मुद्धा हाल्ने

फिल्मीखबर, काठमाण्डौ, 2010/10/10

जय संगत नायिका पुजना प्रधान स्त्रीले मोडलहरू उत्पादन गर्दै आएको सस्था साईबर  ससार विरूद्ध मुद्दा हाल्ने तयारी गरेकी छिन् ।

फिल्मीखबरसंग कुरा गर्दै नायिका पुजनाले तीन बर्षअगाडी नारायणी नदी किनारमा खिचेको   विकनी पहिरनको फोटो मिस यूज भएको भन्दै साईबर संसारले  साईटबाट तुरून्त ती फोटो नहटाए आदलती कारबाही सुरू गर्ने चेतावनी दिएकी छिन् ।


एक बर्षअगाडी साईबर  सञ्चारका सञ्चालकसंग  सो फोटो हटाउने प्रस्ताव गरेपनि उनीहरूले वास्ता  नगर्दा पुजना केही मानसिक तनावमा पनि छिन् । 'जसरी भएपनि उनीहरूले त्यो फोटो हटाउनु पर्‍यो नभए केश हाल्छु'  उनले भनिन् ।

 

हाल जय संगत आश्रममा अनाथ बालबालिकालाई सहयोग गर्दै सामाजिक कार्य गरिरहेकी नायिका प्रधानले फोटो दुरूपयोग हुन साईबर  संसार मात्र  पूर्ण दोषी नभएकाले आफुले गरेको  आग्रहलाई  साईबर संसारले ले सुन्नु पर्ने बताएकी छिन् ।



'यदि मेरो आग्रहलाई साईबर संसारले सुन्यो भने सुन्यो नभए दशै लगत्तै मुद्दा हाल्छु'  उनले पुनः दोर्‍याइन् । पुजनाले  ती हट तस्बिरको सुट तीन बर्षअघि रंग पत्रकार सुब्रत आचार्यको प्रस्तावमा गरेकी थिईन् । सोही फोटोको  कारण चर्चामा  आएकी पुजनाले कुनै समयको फाइदा भन्दा अहिले पारेको असरलाई मूल्याकंन गर्दै तस्बिर हटाईनु   पर्ने माग गरेकी छिन् ।