मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'धर्मा' लाई यू सर्टिफिकेट

फिल्मीखबर, काठमाण्डौ, 2010/10/10

चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) ले विभिन्न ८ स्थानमा सेन्सर हुन सक्ने औलाएको चलचित्र 'धर्मा' ले अन्तत:  यू सर्टिफिकेट प्राप्त गरेको छ ।



दोस्रो पटक आईतबार सेन्सर बोर्डमा सो चलचित्र हेरेपछी बोर्ड पदाधिकारी र चलचित्रको मुख्य टिमबीच भएको मध्यमार्गी सहमति अनुरूप धर्माले सवै बर्गका दर्शकले  हेर्न  मिल्ने गरी यू सर्टिफिकेट हात पारेको हो ।



यस अघि सेन्सरबोर्डले आपत्ती जनाएको केही संवादलाई मिलाएर पुनः चलचित्रमा देखाउने सहमति बोर्डसंग भएकाले आफ्नो चलचित्रले यू सर्टिफिकेट प्राप्त गरेको  निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए । आगामी मंसिर १७ गते देखि प्रदर्शनमा आउन लागेको यस चलचित्रमा  वर्तमान नेपाली राजनीतिक अवस्था, कर्मचारी तन्त्रमा फैलिएको भष्ट्रचारको बिषयलाई बुलंद शैलीमा प्रस्तुत गरिदै राष्ट्रियताको बिषयको कथालाई जोड तोडका साथ उर्ठाईएको छ । 


आस्मा फिल्मसको ब्यानरमा निर्देशक खनालले दोस्रो पटक निर्देशन गरेको यस चलचित्रमा मनीषा कोइराला, राजेश हमाल र निखिल उप्रेती मुख्य भूमिकामा रहेका छन् । चलचित्रलाई डा. दुर्गा पोखरेलले निर्माण गरेकी हुन् ।