
सोमबार चलचित्र सम्बन्धी पढाई हुने एक मात्र शैक्षिक संस्था ओस्कार कलेज अफ फिल्म स्टडीजमा चलचित्रकर्मीहरूले दशै शुभकामना आदान प्रदान गरेका छन् ।
ओस्कार कलेजको अग्रसरतमा प्रत्येक दशैमा आयोजना गरिदै आएको दशै शुभकामना आदान प्रदान कार्यक्रममा बरिष्ठ निर्देशक लक्ष्मी नाथ शर्मा, प्रकाश शायमी, नरेश पौड्याल, केपी पाठक, रमेश बुढाथोकी दिनेश डिसी, घनश्याम खतिवडा, सुरेश दर्पण पोखरेल, अभिनेत्री बसुन्धरा भुषाल, नायिका पुजना स्त्री, निर्माता श्रवण घिमिरे प्रदिप उदय तथा नेपालको पहिलो रंगीन चलचित्र कुमारीकी नायिका चैत्यदेवी लगायतका दर्जन बढी चलचित्रकर्मीले एक अर्कामा दशैको शुभकामना साटासाट गरेका थिए ।
सो कार्यक्रममा सेलिब्रेटीको बाक्लो उपस्थित रहने भनिएपनि दशै मान्न उनीहरूले राजधानी छाड्ने क्रम जारी रहेकाले अपेक्षित कलाकारहरूको उपस्थिति भने निकै कम थियो ।