मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नवललाई २४ घण्टामा ७ सय २० कल

फिल्मीखबर, काठमाण्डौ, 2010/10/11

साधारणतया एक दिनमा मानिसको मोबाईलमा कति कल सम्म आउन सक्ला ? यसको उत्तर खोज्ने नै हो भने धेरैमा १५/२० कल हुनसक्छ । तर नेपाली चलचित्र क्षेत्रमा यस्ता व्यक्ति छन् जसको एक घण्टामा करिब ३० कल आउँछ । यो कललाई २४ घण्टामा हिसाब गर्ने हो भने ७ सय २० कल हुन आउँछ । यानकी एक दिनमा ७ सय २० कल ।

 

प्रदर्शनको क्रममा रहेको चलचित्र 'दशगजा' का निर्माता तथा नायक नवल खड्का नै हुन् ति व्यक्ति जो दिन भर फोनमा कुरा गर्दैमा व्यस्त हुन्छन् । एक दिनमा मोबाइलमा कुरा गरेर २ वटा व्याट्री सक्ने खड्कालाई यति धेरै फोन आउँछ र पनि दिक्क  मान्दैनन उनी  । उनि भन्छन्, 'फोन कुरा गर्नकै लागि बनाएको हो ।'

 

कहिले काहीँ काममा व्यस्त भएको बेला धेरै फोन आउँदा अलि अलि झर्को मान्ने नवललाई दशैंको  बेला  पत्रकारको फोन धेरै आउदो रहेछ ।  । 'मिडिया पनि कति हुन् ?' हल्का रिस र हल्का हाँसो देखाउँदै नवल भन्छन्, 'देशका सबै मिडिया मै माथी खनिन्छन् कि क्या हो ?'

 

पत्रकार पछि उनलाई बढि कल राजनितीकर्मी र चलचित्रकर्मीले गर्दा रहेछन् । त्यसपछि बिभिन्न संघसंस्था र देशबाहिरका नेपालीहरूले फोन गर्ने नवलको भनाई छ । फोनमा बढी के कुरा हुन्छ त ? भन्ने फिल्मीखबरको प्रश्नमा उनी भन्छन्, 'दशगजा चलचित्रकै बारेमा बढी कुरा हुन्छ ।'  प्रदर्शनको क्रममा रहेको यो चलचित्रलाई च्यारीटी शो गर्न देश बिदेशबाट बिभिन्न संघसंस्था र व्यक्तिहरूले फोन गर्ने गरेको नवलले बताए ।

 

जति फोन कल आउँछ त्यति नै मात्रमा मिस कल र ब्लफ कल पनि आउने नवल बताउँछन् । ब्लफ कल आउँदा रिसाउने नवलले मिस कल भने फर्काउने गर्छन् । फोनमा धेरै कुरा गर्न नचाहने नवल भन्छन्, 'कहिले काहीँ फोनमा धम्की पनि आउँछ तर म डराउन्न ।'