
महिला निर्माताको भीडमा छुट्टै परिचय बनाएकी निर्माता प्रज्ञा जोशीले सोमबार साँझ सञ्चारकर्मीसंग दशैं उमङ्ग साटासाट गरेकी छिन् ।
विगत चार बर्षदेखि प्रत्येक दशैंको समयमा गेटटुगेदर गर्ने प्रज्ञाले आफ्नो पाँचौ गेटटुगेदुर लाई निरन्तरता दिदै रमाईलो गरेकी हुन । निर्देशक योगेश घिमिरेलाई साथमा लिएर 'सपुत' र 'सम्झना' चलचित्र निर्माण गरिसकेकी प्रज्ञा यो समय तेस्रो प्रजेक्ट 'न बिर्से तिमिलाई न पाए तिमिलाई' को निर्माणमा ब्यस्त छिन् ।
प्रज्ञा फिल्मसको ब्यानरमा १६ एमएम सिनेमा स्कोप प्रविधिबाट निर्माण गरिएको उक्त चलचित्र नाच्न चाहाने केटीको कथालाई आधार बनाएर निर्माण गरिएको हो । सो चलचित्रमा गायकबाट नायक बनेका बाबु बोगटी, विराज भट्ट र नायिका झरना थापाको मुख्य भूमिका रहेको छ ।