मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक्लो भए सुरेश

फिल्मीखबर, काठमाण्डौ, 2010/10/11

गर्लफ्रेण्डसंग ट्रयाजिटी परेर हो वा अरू कुनै कारणले यो समय निर्देशक सुरेश दर्पण पोखरेल एक्लो भएका छन् ।  सोमबार बेलुकी सवा ८ बजेको समयमा मनको बह फेसबुकको  भित्तामा  एउटै शब्द तीन पटक दोर्‍याउदै उनले आफु एक्लो भएको दुखेसो  सार्वजनिक गरेका हुन ।



२७ बर्षे अविबाहित निर्देशक पोखरेलको त्यो स्टाटसलाई एक फ्यानले किन ब्रो जिएफ ले ब्रेक अप दियो हो भन्दै शंका ब्यक्त गरेका छन् । यस्तै कलाकार निर्मल शर्मा गैडाले  एक्लो महसुस नगर्नुस डाईरेक्टर साप भन्दै उनलाई सान्त्वना पनि दिएका छन् । 



उनको प्रेमिका छिन् वा छैनन् त्यो भने थाहा हुन सकेको छैन तर निकै नमिठो गरि लेखिएको त्यो स्टाटसलाई मुल्याकंन गर्दा उनलाई कसैले नराम्ररी धोका दिए जस्तो देखिन्छ ।


चलचित्र पत्रकारिताको माध्यमबाट निर्देशन यात्रा सुरू गरेका दर्पणले हाल सम्म चार वटा चलचित्र निर्देशन गरिसकेका छन् । उनले पहिलो पल्ट निशाना भन्ने चलचित्र निर्देशन गरेका थिए, त्यसपछी कसलाई दिऊ यो जोवन, भूल भए माफ गर र नायक दीलिप रायमाझीको निर्माणमा बनिरहेको चलचित्र मिस यू को निर्देशन गरेका छन् ।



साथीभाई त थुप्रै छन् उनका तर मनको बह पोख्ने गतिलो ठाँउ फेसबुक भेटेपछी आफ्नो बहलाई शब्द श्रृङगार दिदै उनले लेखेका छन्  अलोन...... अलोन........अलोन"