मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वाद फेर्दै दर्शक

फिल्मीखबर, काठमाण्डौ, 2010/10/12

नेपाली चलचित्र प्रेमी दर्शकहरूलाई निकै भाग्यमानी मन्नु पर्छ । किनभने अहिले प्राय चलचित्रहरू दुई हप्ता बित्न नपाउँदै चेन्ज हुने गरेका छन् । कुनै पनि चलचित्र लामो समय सम्म प्रदर्शन हुन सकेको छैन जसले गर्दा दर्शकले हप्तै पिच्छे नयाँ चलचित्रको स्वाद चाख्न पाएका छन् । यहि स्वाद चाख्ने क्रममा दशैंको अवसर पारेर चार चलचित्र एकसाथ प्रदर्शन हुँदैछन् ।

 

रेखा थापाको होम प्रोडक्सनमा सबिर श्रेष्ठले निर्देशन गरेको चलचित्र 'कसले  चोर्‍यो  मेरो मन', विजय केरुङको निर्देशन तथा रमेश गुरुङ को निर्माणमा बनेको चलचित्र बन्दी, रामजी लामिछानेको निर्माण निर्देशन रहेको  चलचित्र 'बिदाई' र रहेको निर्मल शर्मा, सुधांशु जोशी को साथमा  राजन कुमार शाहीले संयूक्त रूपमा  निर्माणमा गरेको चलचित्र 'नेपाल' एकसाथ प्रदर्शन हुँदैछ ।

 


यि चार चलचित्र मध्ये रेखा थापाको 'कसले  चोर्‍यो  मेरो मन' देशभर एकसाथ प्रदर्शनमा आउँदैछ भने 'नेपाल' राजधानीका हलहरूमा प्रदर्शन हुँदैछ । त्यसैगरी रमेश गुरुङ को 'बन्दी' मोफसलका हलहरूबाट प्रदर्शनमा आउँदै छ भने रामजी लामिछानेको 'बिदाई' पनि मोफसलबाट प्रदर्शनहुदै छ ।

 


यसरी हेर्दा दशैंमा काठमाण्डौमा दुई चलचित्र भिड्दै छन् भने मोफसलमा पनि दुई नयाँ चलचित्र बिच भिडन्त हुँदैछ । प्रस्तुत चार चलचित्र मध्ये नेपाल पुरानो चलचित्र हो भने बाँकी तीन चलचित्र नयाँ हुन् । दशैको अवसर पारेर प्रर्दशन गर्न लागिएको यी चार चलचित्रमध्ये कसले व्यापार बढी गर्ने हो त्यो भने सबैको चासोको  बिषय बनेको छ ।