
गएको भदौ ३० गते देखि सुरू भएको शिव रेग्मी निर्देशित चलचित्र 'फूल'को छायाकंन ५० प्रतिशत सकिएको छ ।
चितवनबाट सुरू गरिएको सो चलचित्रको छायाकंन नारयणघाट, इटहरी हुदै आधा भएको हो । हर्ट टचिङ र्डाईरेक्टर शिवका अनुसार दशै मनाउनका लागि आईतबारबाट १२ दिन सम्म सुटिङ स्थगित गरिएको छ ।
नारी संवेदनामा आधारित रहेको यो फिल्ममा फूल र नारीको परिभाषा दिन खोजिएको छ । निर्देशक रेग्मीले बताए अनुसार कथामा "नारी एउटा फूल हो जसलाई हामीले मन लागेको बेला सुँघ्छौं र मन लागेकै बेला टिपेर फाली दिन्छौं" भन्ने कुरालाई मुख्य विषय बनाईएको छ ।
जेन्टल नायक राजबल्लभ कोइराला, नीरज बराल र गरिमा पन्तको त्रिकोणात्मक प्रेम कथा रहने यो चलचित्रको बाकी छायकंन पुर्णिमाको भोली पल्ट देखि काठमाण्डौमा हुने निर्देशक रेग्मीले फिल्मीखबरलाई जानकारी दिए ।