मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एनआरएनको सम्मेलनमा रेशको आपत्ती

फिल्मीखबर, काठमाण्डौ, 2010/10/12

च्यालेन्ज नायक रेश मरहठ्ठले पोखरामा जारी गैर आवसिय नेपाली एनआरएन सम्मेलन प्रति आपत्ती जनाउदै कार्यक्रम बहिस्कार गरेका छन् ।



 एनआरएन जस्तो बृहत संस्थाले नेपाली सिने क्षेत्रलाई अन्तराष्ट्रियकरण गर्न कुनै चासो ब्यक्त नगरेको तथा मिडिया प्राथामिकता नदिएको भन्दै रेशले कार्यक्रम सुरू भएको केही मिनेटमै  सम्मेलनलाई बहिस्कार गरेका थिए ।



नेपाली चलचित्र उद्योगलाई अन्तराष्ट्रियकरण  करण गर्न एक बर्षअघि एनआरएन प्रवेश गरेका रेश सदस्यको हैसियतले सो सम्मेलनमा अतिथि हुन पुगेका थिए, तर उनले उठाएका मागलाई सम्मेलनमा सम्बोधन गर्ने कुनै  छाटकाट नदेखेपछी  रेश  कार्यक्रम स्थल छाड्न् बाध्य भए ।



छोटो समयमा नेपालमा विकास निर्माणका कार्यलाई बृहत्तर गर्दै लगेको एनआरएनले सिने जगतलाई वास्ता नगर्दा नेपाली चलचित्र अन्तारष्ट्रियकरण हुन नसकेको रेशको आरोप छ । यस्तै 'नेपाली सिने जगतलाई अर्न्तराष्ट्रियकरण गर्न एनआरएन मुख्य माध्यम हुनु पर्ने'  रेश बताउछन् ।



हरेक बिषयमा सिने क्षेत्रलाई छायामा पारिएको भन्दै रेशले 'म बोल्दिन थिए अब बोल्छु' एन आरएन प्रति रिस पोख्दै भने । निर्माणाधिन आफ्नै प्रजेक्ट अर्न्तगतको चलचित्र  'च्यालेन्ज' लाई सुरूवात देखिनै  अन्तराष्ट्रिय स्तरमा प्रदर्शन गर्न कम्मर कसेका रेशले एनआरएनको  सम्मेलन एउटै बिषयमा मात्र केन्द्रीत भएको गुनासो ब्यक्त गरेका छन् ।



जे होस् एनआरएनको सम्मेलनमा पहिलो पटक नेपाली सिने क्षेत्रलाई बहसको बिषय  बनाईदिएका रेशको सो कदमलाई सबै चलचित्रकर्मी र एनआरएनका सदस्यले बुझ्नु पर्ने बेला आएको छ ।