मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जुत्ताको तुनाले भुवन केसीलाई हैरान

फिल्मीखबर, काठमाण्डौ, 2010/10/12

कार्यक्रम सकिन १५ मिनेट बाँकी थियो, भाईको गाडीमा सररर हुइकिएर कार्यक्रम स्थल पुगेका भुवन केसी निकै हतारमा देखिन्थे । सायद ढिलो भएर होला निकै लामो स्वाश फेर्दै उनले उपस्थित सवैसंग सरी भन्दै माफ माग्दै थिए ।



एउटा मात्र चलचित्र  आर्शिवादका नायक तथा गायक रामकृष्ण ढकालको १२औ एल्बम शैलीको भिजुअल सार्वजनिक समारोह थियो त्यो । तुना भएको छालाको चुच्चो जुत्ता, रफ जिन्स पाईन्ट र निलो टिर्सटमा कार्यक्रम स्थल लाजिम्पाट पुगेका नायक भुवन केसी निकै तनाव ग्रस्त भए जुन बेला  उनले आफ्नो जुत्ताको तुना फुस्किएको चाल पाए ।



गायक रामकृष्ण ढकाल लगायत केही सञ्चारकर्मीसंग गफिदै गरेका भुवनलाई फुस्किएको त्यो तुनाले निकै अप्ठायारो महसुस भईरहेको थियो । उनी जुत्ताको तुनालाई बारम्बर मिलाउने कोशिष त गर्थे तर लाजले सक्दैनन् थिए । मुखमा हासो त थियो उनको तर फुस्किएको सो तुनाले हासोमा पनि फिक्कापन ल्याईदिएको थियो ।



सधै भरि चिरिच्याट्ट भएर हिड्ने यि सदावाहार नायक मंगलबार भने  आफ्नो पहिरनबाट धोका खान पुगे । उनको बाया पट्टीको जुत्ताको  तुना फुस्किएको थियो । एउटा तुना फुस्किएको जुत्ता देखेपछी भुवनसंग उपस्थित अधिकाशंले मुखामुख गर्दा उनी लाजले भुतुक्क भए र एउटा कुनामा गएर तुनालाई पुनः बाधे ।