मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तुलसीको असिस्टेन्ट सुमन

फिल्मीखबर, काठमाण्डौ, 2010/10/12

पछिल्लो समयमा निर्देशकको रोजाई बनेका नायक सुमन सिंहले निर्देशक तुलसी घिमिरेको असिस्टेन्ट भएर काम गरेको खुल्न आएको छ । तुलसी घिमिरेकै चलचित्र 'दुई किनारा' बाट डेब्यू गरेका सुमनले त्यही बेला देखि तुलसीको चाकरी गरेको स्रोतले बतायो ।

 

सुमनले तुलसीको चाकरी किन गरे त ? सायद यस प्रश्नको उत्तरको जिज्ञासा सबैलाई हुन सक्छ । अहिले प्रदर्शन भईरहेको चलचित्र 'देश' मा निर्देशक तुलसी घिमिरेले सुमनलाई नायक बनाउने आश्वासन दिए पछि सुमनले तुलसीको असिस्टेन्ट भएर काम गरे तर तुलसीको आश्वासन केबल आश्वासनमै सिमित रह्यो ।

 

नायक हुने आशले सुमन करिब ३ बर्षसम्म तुलसीको असिस्टेन्ट भएर काम गरे । तर जुन रोलमा सुमनलाई तुलसीले अभिनय गराउने आश्वासन दिएका थिए त्यो रोलमा  नायक निखिल उप्रेती अनुबन्धित भएपछि सुमनले तुलसीको असिस्टेन्ट भएर काम नगर्ने मनस्थिती बनाए र तुलसीलाई छोडे ।

 

तुलसीबाट धोका पाएका सुमन अहिले सबैको नजरमा राम्रो कलाकार भएका छन् । उनको अभिनय पक्षको अहिले सबैले तारिफ पनि गर्छन् । यि नायक तुलसीको चलचित्र 'दुई किनारा' मा जम्न नसके पनि पछिल्लो समयमा यिनी निकै जमेका छन् । यिनै नायकले अभिनय गरेको चलचित्र 'बन्दी' आगामी शुक्रबारबाट मोफसलका हलहरूमा प्रदर्शन हुँदै छ ।