मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्रकर्मीको घर जाने क्रम सुरू

फिल्मीखबर, काठमाण्डौ, 2010/10/13

कर्म थलो काठमाण्डौ भएपनि बर्षदिनमा आएको महान चाड दशै मनाउन कलाकारहरू आफ्नो जन्म थलो घर जाने क्रम सुरू भएको छ ।

निर्माता अशोक शर्मा गएको आईतबारनै दशै मान्न पूर्वी नेपाल झापाको शनिश्चरे पुगिसेका छन् । त्यस्तै विर्तामोड घर भएका अर्का निर्देशक उदय सुब्बा पनि सोमबार  दशै मान्न घर पुगिसकेका छन् । 


 यस्तै यता भोली  बेलुका नाई न भन्नु ल निर्देशक बिकास आचार्य पनि दशै मनाउन बिराटनगर जादैछन् । उता नायक तथा निर्देशकको परिचय बनाएका आकाश अधिकारी बिहिबार बिहान फरेनर श्रीमतीको साथमा गृह जिल्ला नवलपराशी जादै छन् । यस्तै दशै मान्न हर्ट टचिङ र्डाईरेक्टर शिव रेग्मीले  बुधबार गृह जिल्ला नारयणघाटमा आफ्नो पाईला टेकिसकेका छन् ।

गएको बर्षआमाको हातबाट टिका लगाउन नपाएका निर्देशक रमेश बुढाथोकी पनि नवमीको दिन विराटनगर जादै छन् । उनको घर विराटनगरको कञ्चनबारीमा छ ।

यस्तै यता नायक तर्फगएको असोज १२ गते अमेरिका हानिएका महानायक राजेश हमाल दशै मान्न आज काठमाण्डौ र्फकदैछन् ।  यस्तै पोखराबासी जेन्टल नायक राजबल्लभ कोइराला अष्टमीको दिन घर जाने तयारी गरिरहेका छन् । नेपाली रजतपटमा हिरो भईकन कोइरालाको यो चौथो दशै हो ।


हयाण्डसम  नायक जीवन लुइटेल पनि अष्टमीको दिन गृह जिल्ला विराटनगर जादै छन्  । यस्तै एक्लै फल्याटमा बस्दै आएका  थानकोट निवासी आर्यन सिग्देल र धादिङ्गे हिरो  आयुष रिजाल पनि भरे भोली घर जाने तयारी गरिरहेका छन् ।

पाँचौ  प्रोजेक्ट अर्न्तगत   कसले चोर्‍यो निर्माण गरेकी नायिका रेखा थापा सो चलचित्र प्रदर्शनको अघिल्लो २८  गते यानिकि भोली बेलुकी माइती गाउँ बिराटनगर जादै छन् ।  उनको माइती गाउँ बिराटनगकारको विराटचौकमा पर्दछ भने श्रीमानको घर धरान हो ।

यस्तै अर्की नायिका अरूणिमा लम्सालको माईतीघर र श्रीमानको घर पनि विराटनगर भएकाले उनी पनि दशै मनाउन विराटनगर जाने सम्भावना रहेको छ । सुदर्शन थापाको तेस्रो चलचित्र 'के यो माया हो' को सुटिङका क्रममा सम्पर्क  विहिन भएर जोमसोममा अडि्कएकी नायिका लम्साल काठमाण्डौ फर्कए लगत्तै दशै मान्न विराटनगर जाने सम्भावना रहेको बुझिएको छ । 

निर्देशक शोभित बस्नेतको पछिल्लो चलचित्र  'तँ त साह्रै सप्रिस नि बद्री' को सुटिङमा व्यस्त भएकी ग्लयामर हिरोइन रेजिना उप्रेती भोली बिहान स्कुटीमा गृह जिल्ला धादिङ्ग जादैछिन् । उनले धादिङ्गमा परिवारको साथ दशै मज्जाले मनाउने फिल्मीखबरलाई जानकारी दिईन् ।

उता  झापाली  पर्खिबसे डेब्यू हिरोईन यूना उप्रेतीलाई १५ दिन अगाडीनै दशै लागिसकेको छ ।  उनी घटस्थापनको भोली पल्टै गृह जिल्ला झापा पुगिसकेकी छिन् ।  यस्तै भोली बिहान  डिम्पल हिरोइन नन्दिता केसी पनि परिवारको साथ दशै मान्न अर्घखाची जादैछिन् । उता एक महिने लण्डन भिजिटमा रहेकी नायिका ऋचा घिमिरेपनि टिकाको भोली पल्ट नेपाल फर्कदैछिन् ।

 यस्तै फिल्मीखबरलाई प्राप्त भएको जानकारी अनुसार नायक निखिल उप्रेतीसंग मुर्म्बईमा बस्दै आएकी नायिका संचिता लुइटेल दशै मान्न आजभोली काठमाण्डौ आईपुग्ने बुझिएको छ ।