मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रमेशजंगको फिल्ममा नरेशको सम्भावना

फिल्मीखबर, काठमाण्डौ, 2010/10/13

'नाइ नभन्नु ल' निर्माता रमेशजंग रायमाझीको अपकमिङ तेस्रो प्रोजक्टलाई नरेश पौड्यालले निर्देशन गर्ने करिब पक्का भएको छ ।

 

होम प्रोडक्सन मार्फत पछिल्लो पटक दीपशिखा निर्देशन गरेका नरेशलाई कति पैसा दिने भन्ने कुरा फिक्स हुन बाकी रहेको निर्माता रायमाझीले फिल्मीखबरलाई जानकारी दिए ।


पहिलो चलचित्रको 'नाइ नभन्नु ल' को निर्माणपछी 'मलाई मन पर्‍यो' को पोस्ट प्रोडक्सनमा ब्यस्त रायमाझीको  तेस्रो प्रोजेक्टलाई स्क्रिप्ट राईटर मौनता श्रेष्ठले फाईनल गर्दैछन् । चलचित्रको नाम भने दशै पछी टुङ्गो लाग्ने रायमाझीको भनाई छ । सो चलचित्र प्रेमकथामा आधारित हुने रायमाझीको भनाई छ ।

 

यस्तै उता निर्देशक पौडेल पनि रायमाझीको फिल्म निर्देशन गर्न तयार भएका छन् । उनी भन्छन् 'मलाई उचित रकम दिईए, म भने जस्तो चलचित्र निर्देशन गर्छु ।" पैसावाल निर्माताबाट धेरै रकमको आशा गरेका निर्देशक पौड्याललाई पारिश्रमिक कति दिनु हुन्छ भन्ने फिल्मीखबरको प्रश्नमा निर्माता रायमाझीले भने 'नरेशको रेट अनुसार उचित रकम दिन्छु ।' 

 

प्रेमकथामा कथमा आधारित रहेर निर्माण गर्न लागिएको सो चलचित्रका लागी नवनायक र नवनायिकाको खोजी कार्य पनि जारी रहेको छ । उनी नयाँ कलाकारलाई डेब्यू गराउन चाहन्छन्। डेब्यू गराउने क्रममा उनको पहिलो चलचित्र 'नाइ नभन्नु ल' बाट नायिकाको रूपमा ऋचा सिंह ठकुरीले डेब्यू गरेकी थिईन् भने दोस्रो चलचित्र 'मलाई मन पर्‍यो' बाट निर्देशकको रूपमा भद्र भुजेलले डेब्यू गरेका छन् ।