मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छट्पटी भयो रेखालाई

फिल्मीखबर, काठमाण्डौ, 2010/10/13

अरूको फिल्म खेल्दा त केही भएन नायिका रेखा थापालाई । निर्माताबाट पैसा लिईन, निर्देशकले भनेको खुरू खुरू मानिन् अनि चलचित्र प्रदर्शनको समयमा केही मिडियमा मार्फत मैले खेलेको चलचित्र हेर्दिनुस भन्ने औपचारिक  आग्रह मात्र हुने गर्थ्यो रेखाको ।


तर आफै निर्माता भएर उनले पछिल्लो पटक ५  चलचित्र निर्माण गरिसकेकी छिन् । ४ चलचित्रले राम्रो ब्यापार गर्न सकेपनि ती चलचित्रको रिलिजको टाईममा उनलाई निकै तनाव हुने गर्थ्यो र त्यो तनाव पाँचौ प्रोजेक्ट कसले चोर्‍यो मेरो मन सम्म आईपुग्दा दिनको दुई गुणा र रातको चार गुणाले रेखाको मनमा   बढिरहेको छ ।


करिब सयको संख्यामा उनले चलचित्र खेल्दा कुनै असर र तनाव झेल्नु परेन तर आफ्नै लगानी रहेको चलचित्रको प्रदर्शन मिति मुख-मुखमा आईपुग्दा उनी राम्रोसंग निदाउन सकेकी छैनन् र राम्रोसंग खान पनि । पाँचौ प्रोजक्ट कसले चोर्‍यो मेरो मनको  रिलिजको टाईम मुखमा आएको बेला रेखाले भनिन् 'मलाई निकै छटपटी भईराछ ।'  सो फिल्म पर्सी शुक्रबार अष्टमीको दिन देखी देशव्यापी प्रदर्शनमा आउदै छ ।

 

उनीमा देखिएको  यो छटपटी  आजको मात्र हैन रेखा फिल्मसको ब्यानरमा निर्माण भएका चलचित्रहरू  अजम्बरी नाता, हिम्मत, किस्मत, हिफाजत र कसले चोर्‍यो मेरो मन सम्म आईपुग्दा उनी डराई रहेकी छिन्  । कस्तो होला अबको चलचित्र ? दर्शकले रेखा फिल्मसको ब्यानरबाट राम्रो अपेक्षा राखेको भन्दै  उनले भनिन् 'दर्शकले पहिलेका मेरा  चलचित्र भन्दा  अझ राम्रो चलचित्र म बाट आशा गरेका छन्, त्यसैले  राम्रो चलचित्र दिनु मेरो कर्तव्य हो र चुनौती पनि ।' 


स्कुले जीवनको सुरूवातामा  जसरी उनी फष्ट विद्यार्थीबाट कमजोर  हुदै  थर्ड, फोर्थ, फिप्त भएकी थिइन् सोही कुरा सम्झदै उनले भनिन् चलचित्र बनाउन स्कुलको परीक्षा जस्तो हुदैन रहेछ ।



आफ्नो स्कुले जीवनलाई चलचित्रको प्रसङ्गसंग मिलाउदै उनले भनिन् 'मैले स्कुलको जस्तो नतिजा यहाँ दिनु हुदैन् ।'  सुरूमा जस्तो चलचित्र बनाए दोस्रो तेस्रो र नयाँ चलचित्रको गुणस्तरतालाई अझ बृद्धी गर्नु मेरो कर्तव्य हो र त्यही अनुसार  अगाडी बढाइ राछु ।


रेखालाई प्रदर्शनको अघिल्लो दिन सवै भन्दा धेरै तनाव हुदो रहेछ, त्यो रातमा उनलाई निद्रै लाग्दैन रे । चलचित्रको आखा  अर्थात क्यामेरा पर्सन सञ्जय लामा र निर्देशक सविर श्रेष्ठलाई डेब्यू चान्स दिएकी रेखा किन डराई रहेकी छिन् त ?  के नयाँ निर्देशक र क्यामेरा म्यान देखि डराउनु भएको हो भन्ने फिल्मीखबरको प्रश्नमा उनले जवाफ दिईन् "उनीहरूको कामसंग म एक प्रतिशत पनि डराएकी छैन ।"   आफ्नो चलचित्र नराम्रो नभएको दाबी गर्दै उनले भनिन् "त्यही पनि रिलिजको छटपर्टाईले कता कता पिरोल्दो रहेछ ।"