मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

को-को छन् राजधानीमा ?

फिल्मीखबर, काठमाण्डौ, 2010/10/14

अधिकांश नेपाली चलचित्रकर्मीको मूल घर उपत्यका बाहिर भएकाले राजधानी काठमाण्डौमा दशै मनाउने थोरै मात्र चलचित्रकर्मी  रहेका छन् । श्रीमती सुस्मितासंग दोस्रो सम्बन्धविच्छेद गरेका सदावार नायक भुवन केसी यो बर्षछोरा अनमोलका साथ दशै मनाउदैछन् ।

यस्तै अभिनेता धिरेन शाक्य यो बर्ष पुख्यौली घर पाल्पा नगाई काठमाण्डौमै दशै मनाउदैछन् । काठमाण्डौको भैसेपाटीमा नयाँ घर बनाईरहेका घिरेन सोही घरको निर्माणमा व्यस्तभएकाले उनको दशै पनि काठमाण्डौमै वित्दैछ ।

यस्तै स्र्टाईलिष्ट नायक रेश मरहठ्ठाले १३ बर्षछी आफ्नो आमाको हातबाट दशै टिका लगाउदैछन् । अमेरिकाको लामो बर्साईपछी बीचबीचमा नेपाल आएपनि दशैको टिका भने उनले लाउन पाएका थिएनन् । फिल्मीखबरसमक्ष दशै हर्षसाट्दै रेशले भने 'लामो समय पछीको यो दशै रमाईलोमा वित्छ ।'  दशैमा रेशले तीन पत्ती तासको खेल फलास र दीदीहरूसंग खेल्छन् रे ।

यस्तै बाबु बन्ने तयारीमा रहेका अर्का नायक मुकेश ढकाल श्रीमती मेलिना मानन्धर र परिवारको साथ दशै मनाउदैछन् । उनको काठमाण्डौको दशै विगत १५ बर्षदेखिको हो । यस्तै भक्तपुर सुर्यविनायक निवासी कोही मेरो डेब्यू हिरो सुवास थापापनि राजधानीमै दशै मनाउदैछन् ।


यस्तै काठमाण्डौ नया बानेश्वर निवासी नायिका झरना थापाको दशै पनि काठमाण्डौमा हुदै छ । उनी दशैमा मिठा-मिठा परिकार खाएर, मान्यजनको हातबाट टिका लगाएर साथै माइती  घर धुम्बार्राई गएर दशै मनाउने गरिरहेकी छिन् ।  यस्तै श्रीमानको घर र माईती घर विराटनगर भएकी नायिका अरूणिमा लम्साल दशैको टिका दिन र एकादशीको दिन सम्म राजधानीमै रहने र दुवादशीको दिन  गृह नगर विराटनगर जाने तयारीमा जुटेकी छिन् । यस्तै ऋचा घिमिरेको बडादशै लण्डनमा भएपनि टिकाको भोलीपल्ट दशै मान्न काठमाण्डौ आईपुग्दैछिन् ।


निर्देशकहरूको संगठन सस्था अर्थात निर्देशक समाजका अध्यक्ष केपी पाठकले राजधानीमै दशै मनाउदैछन् । गंगबुमा  परिवार सहित सामान्य शैलीमा दशै मनाउने तयारी गरेका केपीलाई दशै भने बोर लाग्दो रहेछ । उनी भन्छन् 'यो बेला कोही हुदैनन त्यसैले मलाई छट्पटी पो हुन्छ ।'  यस्तै निर्देशकहरूको भीडमा कुपण्डोल बासी निर्देशक नरेश पौड्यालले पनि राजधानीमा दशै मनाउदैछन् । उनी ठूलो ग्यादरिङमा तास खेल्ने, सामान्य खान पिन र रमाईलो गर्दै ससुराली कपन गएर दशै मनाउने सुरमा रहेका छन् ।

यस्तै अर्का निर्देशक दयाराम दाहाल पनि हाडिगाँउमा आफ्नो दशैलाई निरन्तरता दिदै छन् भने  निर्देशक आलोक नेम्बाङले पनि आमा र दिदी भिनाजुसंग आफ्नो दशै काठमाण्डौमा मनाउदैछन् । फिल्म उत्पादनमा मेसिनको संज्ञा पाएका निर्देशक शोभित बस्नेत पनि काठमाण्डौमै दशै मनाउदैछन् ।


युवा निर्देशक दीपेन्द्र के खनाल तथा रेखा थापाको पाँचौ   प्रोजेक्ट कसले चोर्‍यो बाट डेब्यू गरेका नाईट किङ्ग निर्देशक सबिर श्रेष्ठले यो बर्षको दशै काठमाण्डौमा मनाउदैछन् । अष्टमीको दिन देखि सबिरले निर्देशन गरेको चलचित्र देशव्यापी प्रदर्शनमा आउने भएकाले परिवारको साथ दशै मनाउन नपाएको
सबिर बताउछन् छन् ।

यस्तै नायकको साथै निर्माताको छवि बनाएका नवल खड्कको दशै पनि काठमाण्डौमा वित्दैछ । विगतका ४ बर्षविराटनगरको टंकीसिनुवारीमा आमाबुवासंग दशै मनाएका नवल यो पालि पूरै परिवारका साथ काठमाण्डौमा दशै मनाउदैछन् । खोटाङ्गे यि निर्माता पहिलेका दशैमा मूल घर खोटाङ गएर दशै मनाउने गर्दथे । यस्तै अर्का निर्माता रमेशजंग रायमाझीले पनि काठमाण्डौमै ९९ बर्षीय  पिताको हातबाट दशै टिका लगाउदैछन् ।

निर्माता सुनिल कुमार थापाले पनि परिवारका साथ नयाबानेश्वरमा दशै मनाउदैछन् । यस्तै महिला निर्माता  प्रज्ञा जोशी, कृषा चौलागाईको दशै पनि काठमाण्डौमा हुदै छ ।