
मेरो एउटा साथी छ डेब्यू निर्देशक सुदर्शन थापालेले निर्देशन गरिरहेको तेस्रो चलचित्र 'के यो माया हो' को सुटिङ यूनिट बिहिबार राजधानी फर्किएको छ ।
चलचित्रको कथा अनुसार सुटिङका लागि गएको असोज १३ गते जोमसोम गएको सो टोली बस मार्फत पोखरा र पोखराबाट प्लेनमा काठमाण्डौ आईपुगेको हो । नायक आर्यन सिग्देल, सौगात मल्ल, अरूणिमा लम्साल र सुस्मा कार्की प्रमुख भूमिकामा रहेका सो चलचित्र लभस्टोरीमा आधारित छ ।
पन्ध्र दिन अघि सुटिङ सुरू गरिएको सो चलचित्रको १० प्रतिशत छायाकंन जोमसोममा गरिएको निर्देशक थापाले फिल्मीखबरलाई जानकारी दिए । 'अब बाकी सबै छायाकंन पोखरामा हुने' थापाको भनाई छ । दशैको लागि केही दिन सुटिङ स्थगित गरिएकाले दशै लगत्तै बाकी छायाकंनको काम अघि बढ्ने थापाले बताए ।