
दशैको अबसरमा आज देखि विकास आचार्य निर्देशित चलचित्र 'नाइ नभन्नु ल' कंगारूको देश अष्ट्रेलियामा प्रदर्शन भएको छ ।
कात्तिक ३ गते सम्मका लागि रेगुलर शो गरिन लागेको सो चलचित्र सिड्नी स्थित ग्रेटर यूनियन थिएटरमा देखाईने आयोजक सोलान्चरले फिल्मीखबरलाई जानकारी दिएको छ । यस अघि गएको अप्रिल महिनामा सोही स्थानमा प्रिमियर गरिएको सो चलचित्रले गएको शनिबार काठमाण्डौको गोपीकृष्ण हलमा ५१औ दिन मनाएको थियो ।
नायक जीवन लुइटेल, सुमन सिहँ, ऋचासिह ठकुरीको मुख्य भूमिका रहेको सो चलचित्र त्रिकोणात्मक प्रेम कथामा आधारित छ ।