
भोली शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र 'कसले चोर्यो मेरो मन' प्रिमियर बिना रिलिज गरिने भएको छ ।
यस अघि रेखा फिल्मस्को ब्यानरमा निर्माण गरिएका चार चलचित्रको प्रिमियर गरिएपनि पाँचौ प्रोजेक्टको प्रिमियरको समयमा दशै परेकाले, प्रिमियर नगरिएको निर्माता छविराज ओझाले बताएका छन् ।
यस्तै आफु राजकुमारी बनेको चलचित्रलाई राजखान्दान शैलीमा रेड कार्पेट प्रिमियर गर्ने रेखाको इच्छा भएपनि त्यो इच्छा भित्रको इच्छालाई सवैको सामु बाड्न् नसकको रेखाले गुनासो ब्यक्त गरिन । 'मलाई धेरै ठूलो प्रिमियर गर्ने सोच थियो तर त्यो सोच सोचमै सिमित भयो' रेखाले भनिन् ।
नाईट किङ्ग र्डाईरेक्टर सबिर श्रेष्ठले पहिलो पटक निर्देशन गरेको सो चलचित्रमा रेखाको अलवा आर्यन सिग्देल र नव प्रस्तुतीमा उत्वस बुढाथोकी प्रमुख भूमिकामा रहेका छन् ।
प्रिमियर विना भोलीबाट प्रदर्शन हुन लागेको सो चलचित्रमा राजकुमारी र सामान्य परिवारमा हुर्कीएको युवकबीचको गहिरो प्रेम कथा देखाउन खोजिएको छ ।