मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ह्याप्पी बर्थ डे नन्दिता

फिल्मीखबर, काठमाण्डौ, 2010/10/15

इन्द्रेणी चलचित्रबाट रजतपटमा प्रबेश गरेकी नायिका नन्दिता केसीको आज शुक्रबार जन्मदिन परेको छ । २०४१ साल असोज २९ गते अर्घाखाँची जिल्लाको नरपानीगाँउमा बुवा भिमबहादुर केसी र आमा चेतना केसीको कोखबाट जन्मेकी नन्दिता आजबाट २६ बर्षकी भएकी छिन् ।

 


गतबर्ष चलचित्र 'बाटो मुनिको फूल' को युनिटसँग आफ्नो जन्मदिन मनाएकी नन्दिताले आफूले सम्झेर मनाएको जन्मदिन पनि त्यहि नै थियो । गएका बर्षहरूमा जन्मदिन खासै नमनाएकी नन्दिताले यस बर्षको जन्मदिन आफ्नो परिवारसँग मनाउँदै छिन् ।

 

दशैं मनाउन जन्मथलो पुगेकी नन्दिता अहिले आफ्नो परिवारसँग जन्मदिन मनाउँदै छिन् । फिल्मीखबरसँग खुसी साट्दै नन्दिताले भनिन्, 'परिवारसँग बसेर जन्मदिनको साथमा दशैं मनाउन पाउँदा निकै रमाईलो लागेको छ ।'

 


२६ बसन्तमा टेकेकी यि नायिका दशैंको केही दिन पछि आफ्नो २६ औं चलचित्र 'मृगतृष्णा' मा अभिनय गर्न दशैंको पर्सिपल्ट काठमाण्डौ फर्किंदै छिन् । उनले अभिनय गरेको चलचित्र 'बाटो मुनिको फूल' आगामी मंसीर ३ गते प्रदर्शन हुँदैछ भने अहिले उनी 'मालतीको भट्टी' मा व्यस्त छिन् ।

 

 नायिका नन्दिता केसीलाई फिल्मीखबर डटकमको तर्फबाट जन्मदिनको हार्दिक शुभकामना । तपाईंहरू पनि यि नायिकालाई जन्मदिनको शुभकामना दिन चाहनुहुन्छ भने तलको कमेन्ट बक्समा शुभकामना सन्देश छोड्न सक्नुहुनेछ ।