मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रिय रेखा जी ! तपाँइले चोर्नु भयो मेरो मन

सचिन घिमिरे, , 2010/10/16

कस्ले चोर्यो मेरो मन जसरी भएपनि एकपटक हेरीदिन तपाँइले टेलिभिजनको पर्दावाट  गर्नु भएको अनुरोधलाइ पँक्तिकारले चटक्कै वेवास्ता गर्न सकेन । पोष्टरमा तपाँइले पेष्तोल चलाएको देख्ने वित्तिकै उहि पारा त होला नी भनेर कम अपेक्षा लिएर गएको मन चलचित्र हेरेपछि भने खुशीले फुलेल भएको छ । चाडवाडको वेला  रमाइलो मौसम पहिला प्रशंसावाट नै कुरा शुरु गरौं ।

 

निर्देशक सविर श्रेण्ठले पहिलो चलचित्रमा जुन सम्भावना देखाउनु भएको छ त्यस्को प्रशंसा नगरिरहन सकिन्न । निर्देशकिय दृष्टीकोणले पहिलो प्रस्तुतीमा नै दर्शकलाइ पुरा समय बाँधीराख्न सक्ने चलचीत्र निर्माण गर्नु नेपाली चलचित्र  क्षेत्रले एक  सिर्जनशिल र मिहेनती निर्देशक पाएको भान स्पष्टै हुन्छ । रेखाजी  तपाँइ लगागत नायक आर्यन सिग्देलको अभिनय पनि वेजोडको नै छ । च्याँठीने सँवाद शैलीका नेपाली चलचित्र हेर्न अभिसप्त हामी जस्ता दर्शकहरुलाइ तपाँइको चलचित्रले ठुलो राहत दिएको छ । यस चलचित्रमा  अन्य सह कलाकारहरु सवैको अभिनय प्रशंसा योग्य नै छ । चलचित्रका गित सँगित पनि मन छुने नै छन । चलचित्रको सवैभन्दा सवल पक्ष छाँयाकन  नै हो । चलचित्र शुरु हुँदा दरवार भित्रको छाँयाकनमा ध्यान दिइएको सौन्दर्यात्मकतालाइ पछि आउटडोरमा पनि कायम राख्नुले छाँयाकन पक्ष निकै सचेत भएर गरिएको देखिन्छ । यस्को अलावा पाश्र्व सँगीत र सम्पादनमा पनि प्रशंसायोग्य नै कामहरु भएको छ । लो कि लाइटमा प्रकाश सँयोजन गरिएको दृश्यहरुले छायाँकनलाइ सुन्दर वनाउन राम्रो भुमिका खेलेको छ । चलचित्र हेर्दा लिप्सींग नमिल्ने र रिसोलुसन धमिलो हुने समस्या पनि देखिएन । समग्रमा तपाँइको चलचित्रले मन दुखाइहाल्नु पर्ने ठुलै भुल पनि गरेको जस्तो लागेन । तपाईंहरुको मिहेनत कदर गर्नै पर्दछ । राम्रो चलचित्र वनाएर तपाँइले साँच्चै दर्शकहरुको मन चोर्नु भएको छ ।

 

प्रिय रेखा जि !  यो पत्र एक दर्शकको नाताले मात्र होइन चलचित्र समिक्षकको नाताले पनि लेख्दैछु । तपाईं वुझिहाल्नु हुन्छ समीक्षकको छुच्चो नजरहरु कति तिखा हुन्छन । तपाईं जसरी आफनै तरिकाले नेपाली चलचित्र उकासीनु पर्दछ भन्ने सोच्नु हुन्छ । हामी पनि नेपाली चलचित्र नेपालको राष्ट्रीयतासँग गाँसिएको हुन्छ । नेपाली चलचित्रको हैसीयत वढनु भनेको प्रत्येक  नेपालीको  इज्ज्त वढनु हो भन्ने सोच्दछौं । हामी सवैको आ-आफना आग्रह र पुर्वाग्रहहरु छन ।  यही पुर्वाग्रहहरु मन मष्तिष्कमा राखेर चलचित्र हेर्दा कँही कतै कुराहरु नमिलेको  केहि छुटेको अनि कथामा त्यसो नगरिदिएको भए कसो हुन्थ्यो होला भनेर मन चुकचुकाउनु त स्वाभवीक नै हो । तपाईंले जुन कथा र पटकथामा आफनो मिहेनत खर्च गर्नु भयो । यँहि नेर तपाईंले ऐतिहासिक गल्ती गर्नुभयो भन्ने पक्तीकारको ठम्याइ रहेको छ ।

 

चलचित्रमा अभिनय  छाँयाकन र अन्य पाटाहरुलाइ सुधार्न तपाईंको व्यानर र निर्देशक सविर श्रेष्ठले खुवै मिहेनत गर्नुभयो । तर विवाह गर्नको हतारले केटि खोज्न बिर्सिएको भने झै कथा छनौट, पटकथा विस्तार अनि सँवाद शैलीको नविनतामा भने पटक्कै ध्यान दिनु भएन । तपाईंको चलचित्रमा कथा एकदमै कमजोर छ । अनि पटकथा हजारौं पटक दोहरीसकेका उही क्लीसे प्लटींगहरुले नै ग्रसित छन । चलचित्र निर्माण एउटा वहुआयमिक विदा हो र यस्को मुक्त कण्ठले प्रशंसा गर्न चलचित्रका सवै पक्षहरु उत्तीकै सवल हुनुपर्दछ भन्ने मान्यता गलत नहोला । समाजमा वर्ग हुन्छ । वर्गीय खाडल भएको समाजमा खान्दानिया युवतीको एक साधारण युवकसँग प्रेम हुन सक्छ । तर प्रत्येक कथाहरुमा प्रेमी प्रेमीका, पात्र र प्रवृती किन उस्तै उस्तै हुन्छन ?  यही कुरा अचम्म लाग्दो हुन्छ । अनि रेखा जि ! चलचित्रकर्मीहरुले एउटै कथा अलीकती अदलवदल गरेर उही शैलीमा दोहराइ दोहराइ भनिरहने  अनि हामीले रमाइलो मान्दै नछटपटीकन हेरिदिइ रहनु पर्ने यो सकसवाट कहिल्य मुक्ती पाइएला ? धनी युवती र गरिव युवकको प्रेममा पनि सामाजिक धरातलमा धेरै आयामहरु सुनिन्छन । तपाईंहरु यथार्थको धरातलवाट कथा खोज्ने प्रकृयामा  पटक्कै ध्यान दिनु हुदैन । पुराना चलचित्र हेरेर लेखिएका भान हुने क्लीसे पटकथाहरुमा नै रमाउनु हुन्छ । अनि चलचित्र हेर्दा यसपछि के हुन्छ भनेर दर्शकहरुले सोझै अनुमान गर्न थाल्दछन । तपाईंको चलचित्र हेर्दा पनि यस्तै यस्तै घटना भइरहयो । सँगै सिटमा वसेकी  एक साथीले अर्की साथीलाइ कुन पटकथाको दृश्य कुन चलचित्रवाट हुवहु उतारिएको छ भनेर चलचित्र अवधीभर व्याख्या गरिरहेको तितो यथार्थ पक्तिँकारको कानमा ठोकिरहेको थियो ।  चलचित्र हेरून्जेल उनीहरुले  लिएका अन्य चलचित्रको नाम यहाँ वेलीवविस्तार लगाउने मलाइ पनि मन छैन ।

 

कस्ले चोर्यो मेरो मनको पटकथामा नायक आर्यन सिग्देललाइ ट्रकमा नै वसोवास गरिरहेको ठिटो नदेखाएको भए कथामा के नै विग्रन्थयो होला र ? उनी जुन शैलीको हाउभाउ गर्दछन,  जति पोशाक फेर्दछन अनि उनलाइ चलचित्रमा जस्तो स्वभावको पात्रको रुपमा चित्रीत्र गरिएको छ  एउटा नचल्ने ट्रकमा छत समेत नढाकेर कोठा वनाएर वसेको दृश्य हदैसम्मको अतिरञ्जना जस्तो लाग्दछ । त्यतीको मान्छे के ट्रकमा कोठा वनाएर वसेको होला भनेर एक दिदीले हलमा हल्ला गरिदिइ हाल्नुभयो । पात्र,  परिवेश र प्रवृतीलाइ हलुका तरिकाले वुझने र प्रस्तुत गर्ने शैलीका कारण दर्शकलाइ कथावस्तुले वलियोसँग वाँध्न सक्दैन ।  विवाह पार्टीमा नचिनेको मानिसले दुलहीलाइ हात समातेर सरासर लिएर पाइपवाट ओर्लीएर भाग्ने होस वा एक सम्भ्रान्त्त राणाको छोरी भन्दैमा आजको युगमा आफनो घरभन्दा वाहिर केहि पनि नदेखेको अनि नसुनेको जस्तो पात्र प्रवृतिको चित्रण गर्नु अत्यन्त हलुकापन हो । युरोप घुमेर आएकी  खान्दानिया परिवारमा हुर्किएकी  पात्रलाइ खाना वनाउन नजान्नु वा नमिठो वनाउनु स्वभावीक हुन सक्छ तर खाना पकाउँदा आगो वाल्न पनि पर्दछ भन्ने थाहा नभएको पात्र प्रवृतीको चित्रण गर्नु समग्र निर्माण टोलीले नै अत्यन्त फितलो काम गरेको स्पष्टै देखिन्छ ।

 

निर्देशकीय दृष्टीकोणले पनि केहि कमजोरहरू नभएका होइनन । जस्तै  नायक आर्यनले आत्महत्याको खवर सुन्दा पार्टीमा आएका अन्य सहभागीहरुको प्रतिकृया केहि नहुनु,  खलनायकहरुकको प्रस्तुती शाष्त्रीय शैलीमा नै देखिनु,  गिटार जस्तो वहुचर्चीत वाद्यउपकरण वजाउने सवालमा नायक तथा नायिकाले विश्वाश जित्न नसक्नु जस्ता कमजोरीहरु पनि चलचित्रमा देखिएका छन । साथै  प्रकाश व्यवस्थापनमा  एउटै फ्रेममा पनि नायकलाइ प्रकाश भए नायिकालाइ नहुने अनि नायीकाको अनुहारमा प्रकाश भए नायकलाइ नहुने किसिमको प्रकाश सँयोजन हेर्दा अली अप्ठेरो जस्तो देखिन्छ । छाँयाकनमा पशुपतीको चौसठींमा खिचीएको गीतको दृइवटा दृश्यमा बायाँपट्टी उभिने व्यक्ती को हो पत्तिकार त अलमल्ल नै परेको छ । सुटिँग हेर्न आएको मान्छे समेत फ्रेममा परेको दृश्य सम्पादनको क्रममा नमिलाउनुलाइ निर्देशकिय त्रुटी अन्र्तगत नै चर्चा गर्नुपर्ला ।   रेखा जी !  यस्को अलावा मसलादार चलचित्रमा नायक त्यही ठाउँमा टुपलुक्क किन आइ पुग्यो ?  वगलीमा पैसा नभएको नायकले सरकारी अस्पलात नलगेर महँगो अस्पतालमा नायीकालाइ किन लिएर गएको होला ?  त्यती ठुलो दरवारमा सुरक्षा गार्डहरुको आँखा छलेर घरीघरी भाग्ने काम कसरी सम्भव हुन्छ  भनेर प्रश्न तेर्साउनु भनेको चलचित्र समिक्षकहरुले पनि क्लीसे आलोचना नै गर्नु जस्तो भइसक्यो । कति कुरा चलचित्र यस्तै हुन्छ र चलचित्रको आफनै व्याकरण हुन्छ भनेर पचाउन थालीसकेको अवस्थामा घरिघरि एउटै आलोचना कति गरिरहनु जस्तो लाग्दछ । तर रेखा जी !  यस्ता प्रवृतीहरुलाइ चलचित्रमा जति धेरै न्युनीकरण गरयो चलचित्रको गुणस्तर त्यती नै वढदै जान्छ । तपाईं जस्तो समाज  राजनिति अनि जिवन दर्शन वुझेको मानिसले निर्माण गर्नुभएको चलचित्रमा एउटाको ज्यान वचाउन अर्काको ज्यान लिने जस्तो हिसाँत्मक गतिविधी नभएको कथाहरु नै देखाउन सके दश वर्ष युद्व भोगीसकेको देशमा हिसाँको थप दृश्यहरु देख्न नपरे राम्रो हुन्थयो कि । अनि यथार्थसँग मेल नखाने दृश्यहरु चलचित्रमा देखाउने काम हटाउँदै लगे चलचित्रको कथावस्तुमा दर्शकलाइ आत्मसाथ गर्न सहज पो महशुश हुन्छ कि ? काटमार,  मुक्केवाजी अनि रगताम्य दृश्यहरु नभएका चलचित्रहरुले वर्षैपिच्छे थुप्रै ओस्करहरु जितिरहेका हुन्छन भनेर तपाईं जस्तो अनुभवी चलचीत्रकर्मीलाइ मैले अवगत गराउन नपर्ला । तपाईंले चलचीत्रमा चलाउनु भएको पेष्तोलको दृश्यले चलचत्रिलाइ हलुका वनाउने वाहेक कथालाइ वलियो वनाउन केहि पनि भुमिका खेलेको छैन । किन त्यती सजिलै चलचित्रमा हतियार चलाइहाल्नु हुन्छ ?  चलचित्र भित्र हत्या गर्दा त कानुन नलाग्ला तर त्यस्को सामाजीक सन्देश भने पटक्कै राम्रो सुनिन्न । 

 

रेखा जी ! एकाध ठाउँमा वाहेक कस्ले चोर्यो मेरो मनमा सँवादहरु अत्यन्त फितला छन । कलाकारले वोल्नु पहिले चलचित्र हेर्ने दर्शकलाइ सँवाद मुखमा फुरिहाल्ने अवस्था भएपछि तपाईंको चलचित्रमा सँवाद कतिसम्म दोहरिएका होलान आफै मनन गर्नु होला । तपाईंहरुले वनाएको चलचित्र एउटै वर्गले मात्र हेर्छ भनेर एउटै कुरा दिमागमा नराख्नु नै वेश हुन्छ । पक्तिँकार पुगेको हलमा कार चढने देखि मोटरसाइकल साइकल अनि हामी जस्तो चप्पल पडकाउँदै हलमा पुग्नेहरुको मिश्रित जमात नै थियो । हामी सवैलाइ एउटै वर्गमा राख्नु त अन्याय नै होला । राम्रा नेपाली चलचित्र निर्माण  हुँदा नेपाली दर्शकले सधैं  माया गरेका नै छन भन्ने ऐतिहासिक यथार्थ आत्मसाथ गर्नुहोला ।

 

अन्तमा,  तपाईंले पनि पुरानै कथालाइ नयाँ शैली दिन खोजेकोले म पनि तपाईंको चलचीत्रलाइ समिक्षा गर्दा नयाँ सिसिमा उही पुरानै रक्सी भन्ने क्लीसे आरोप लगाउन वाध्य भएको छु । प्रिय रेखा जी ! नेपाली चलचित्र क्षेत्रभन्दा धेरै टाढा वसेर तपाईंहरुको कामलाइ आलोचनात्मक प्रशंसा गर्ने यस पक्तीकारलाइ रेखा फिल्मसको व्यानरमा मुक्त कण्ठले प्रशंसा गर्न सक्ने चलचित्र हेर्ने अवसर चाँडै नै मिलोस भन्ने कामना गर्दछु । अन्तमा,  विजया दशमीको मँगलमय शुभकामना ।