मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नायक बन्न चाहदैनन् आकाश

फिल्मीखबर, काठमाण्डौ, 2010/10/16

चलचित्र क्षेत्रमा प्रवेश गर्न चाहने सबै जना नायक नै बन्न खोज्छन् । चलचित्रमा खलनायक भन्दा नायक नै राम्रो हुन्छ भन्ने मान्यता अझै पनि कायम नै छ । तर त्यो मान्यताको चिरफार गर्न एक खलपात्र नेपाली रजतपतमा उदाएका छन् । 

 

टेलिचलचित्र 'दुई थोपा आँशु' मा खलपात्रको भुमिका निर्वाह गरेर आफ्नो अभिनय यात्रा शुरू गरेका आकाश खवास आफूलाई नायक बन्ने रहर नभएको बताउँछन् । तर यि खलनायक हिरो भन्दा कम छैनन् । राजकुमार राईको चलचित्र 'पापी मान्छे -२' बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका आकाश बाटो मुनिको फूल, काठमाण्डौ, निगरानी, किन मायामा, पापी मान्छे -२, हलचल, बन्दी, आँधीतुफान, प्रतिघात लगायतका करिब एक दर्जन भन्दा बढी चलचित्रमा खलपात्रको भुमिकामा प्रस्तुत भईसकेका छन् ।

 

धेरैले आकाशलाई नायकको प्रस्ताव पनि नगरेका हैनन् तर उनी नायक बन्न चाहन्नन् । आकाश नायक किन बन्न चाहन्नन् त ? उनी भन्छन्, 'सबै राम्रा मान्छे हिरो हुने हो भने देशमा हिरोको मात्र बर्षा हुन्छ र खलपात्रलाई केहि समयपछि लठ्ठी टेकाउँदै ल्याउनु पर्छ । त्यसैले मैले खलनायको प्रतिनिधित्व गर्दैछु ।‘  अहिले जति पनि खलनायक छन् सबै उमेर ढल्की सकेका भएकोले उनीहरूको प्रतिनिधित्व गर्ने व्यक्ति ज्यादै न्यून रहएकोले आफू खलपात्रमा नै प्रस्तुत हुने आकाशको भनाई छ ।
 

 

रियल स्टेटका बिजनेश म्यान आकाश निर्देशक पनि बन्न चाहन्नन् । नायक र निर्देशक नबन्ने सोच बनाएका आकाश चलचित्र निर्माता भने बन्न चाहन्छन् । निर्देशक किन नबन्ने त ? मुस्कुराउंदै आकाश भन्छन्, 'कलाकार निर्देशक बन्ने हो भने निर्देशकलाई पनि कलाकार बन्ने रहर लाग्न सक्छ र देशमा निर्देशकको खडेरी हुन्छ ।'