दशैको लागि केही दिन स्थगित गरिएको चलचित्र 'मालतीको भट्टी' को छायाकंन बुधबार साँझ देखि पुनः सुरू भएको छ ।
काठमाण्डौको भृकुटीमण्डप स्थित फनपार्कमा जारी सो चलचित्रको छायाकंन गएको बिहिबार देखि स्थगित गरिएको थियो । हाल सम्म ९० प्रतिशत छायाकंन सकिएको सो चलचित्रमा रेखा थापा, नन्दिता केसी र जीवन लुइटेल प्रमुख भूमिकामा रहेका छन् ।
चलचित्रको बाकी छायाकंन दशैको पुर्णिमा पछी सुरू गर्ने निर्णय भए पनि बुधबारदेखि सुरू गरिएको प्रस्तुतकर्ता प्रदिप उदयले फिल्मीखबरलाई जानकारी दिए । फिल्म निर्देशन गर्न गणेशदेव पाण्डेलाई डेब्यू चान्स दिएको यो फिल्ममा रक्सी भट्टी साहुनी र एक परिवारको कथालाई मुख्य विषय बनाईएको छ ।