
आगामी मसिंर १७ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र 'धर्मा'को पब्लिसिटीका लागि निर्देशक दीपेन्द्र के खनालले आफ्नो सक्रियता बढाएका छन् ।
महिना दिन अघि देखि विभिन्न सञ्चार माध्यमबाट चलचित्रको प्रोमो तथा विज्ञापन बजाई रहेका खनाल बुधबार देखि आफ्नो दोस्रो प्रोजेक्टको पब्लिसिटीको लागि उपत्यका बाहिर सक्रिय भएका हुन ।
फिल्म पब्लिसिटीको लागि आज बुधबार उनी चितवन पुगेका छन् । चितवन जानु अघि फिल्मखबरसंग कुरा गर्दै खनालले भने 'त्यहाँको एफ एम रेडियो र पत्रपत्रिका मार्फत फिल्म पब्लिसिटीका गर्दैछु ।' यस अघि 'दि युग देखी युग सम्म' निर्माण गरेका दीपेन्द्रको धर्मा पहिलो ब्ययवसायिक चलचित्र हो ।
बलिउडमा ख्याती कमाएकी अभिनेत्री मनीषा कोइरालालाई २० बर्षपछी नेपाली रजतपटमा पुनः उतारेका दीपेन्द्रले आज र भोली चितवन र नारायणगढमा फिल्मको पब्लिसिटी गर्दैछन् त्यसपछी उनी पर्यटकीय नगरी पोखरा जादैछन् । 'फिल्मको ब्यापक पब्लिसिटी गर्दैछु' दीपेन्द्रले भने । दुई दिनको चितवनबसाईबाट उनले पूर्वाञ्चलका विभिन्न स्टेशनका लागि आवश्यक पर्ने पब्लिसिटी सामग्री पोष्टर तथा ब्यानर वितरण गर्ने कार्याक्रम छ ।
मनिषा कोइरालाको अलवा महाँनायक राजेश हमाल र निखिल उप्रेतीलाई सशक्त ढङ्गमा प्रस्तुत गरिएको चलचित्र धर्मामा वर्तमान नेपाली राजनीतिक अवस्था, कर्मचारी तन्त्रमा फैलिएको भष्ट्रचारको बिषयलाई बुलंद शैलीमा प्रस्तुत गरिदै राष्ट्रियताको बिषयको कथालाई जोड तोडका साथ उठाईएको दीपेन्द्रको दाबी छ ।