
जीवन, मृत्यु र जिन्दगीको कथालाई मुख्य विषय बनाएर निर्माण गरिएको चलचित्र 'गुरू दक्षिणा' आगामी शुक्रबार देखि काठमाडौं उपत्यकाका १५ सिनेमाघरबाट प्रदर्शन हुदैछ । । रामराजा दाहालको तेस्रो निर्देशन रहेको यो चलचित्रमा समयको परिवर्तनसंगै जीवन र जगतसंग वाक्क भएर शान्तिको खोजीमा हिडेको महाँनायक राजेश हमाललाई योगीको भेषमा प्रस्तुत गरिएको छ ।
चलचित्रमा राजेश हमालको साथमा रमित ढुङ्गाना, राजबल्लभ कोइराला, संचिता लुइटेल, दिलिप गौतम, सुलेमान शंकर (ईकु) रबि गिरी, शुष्मा कार्की, श्याम अर्याल, हिउँवाला गौतम आदी कलाकारको अभिनय रहेको छ ।
क्रिएटिभ मनकामना फिल्मस प्रालिको प्रस्तुती रहेको सोचलचित्रलाई प्रकाश सुवेदीले निर्माण गरेका हुन् । गायिका दिपा नारायण झाले पहिलो पटक संगीत भरेको सो चलचित्र एक साता पछि उपत्यका बाहिर पनि प्रदर्शन हुनेछ ।