
यस अघि सिनेमा सम्बन्धी दुई पटक राष्ट्रिय स्तरको वर्कसप कार्यक्रम सञ्चालन गरेको नेपाल चलचित्र निर्देशक समाजले पहिलो पटक अर्न्तराष्ट्रिय स्तरको वर्कसप कार्यक्रम आयोजना गर्ने भएको छ ।
चलचित्र सम्बन्धी लेखन तथा निर्देशन कलालाई अर्न्तराष्ट्रिय करण गर्न निर्देशक समाजले आगामी जनवरी महिनाको १८ देखि २४ तारिख सम्म सिनेमा सम्बन्धी ज्ञान भएका विदेशी प्रशिक्षकको साथ सो कार्यक्रम आयोजना गर्न लागेको हो ।
सात दिने सो वर्कसपमा मुख्यत स्क्रिप्ट लेखन तथा निर्देशन सम्बन्धी प्रशिक्षण दिईने समाजका अध्यक्ष केपी पाठकले फिल्मीखबरलाई जानकारी दिए । सो वर्कसपमा भारत, चीन, जापान, दक्षिण कोरिया लगायत देशका प्रशिक्षकहरूले नेपाली लेखक तथा निर्देशकहरूलाई चलचित्र सम्बन्धी तालिम प्रदान गर्ने छन् । यध्यपी वर्कसप सञ्चालनका लागि केही मुलुकबाट विदेशी प्रशिक्षक ल्याइने समाजको तयारी भएपनि कुन-कुन देशबाट ती प्रशिक्षक झिकाईने भन्ने बारेमा टुङ्गो लागि नसकेको केपीको भनाई छ ।
एक महिना अघि निर्देशकहरूलाई इन्टरनेट सम्बन्धी ज्ञान दिन आयोजना गरिएको दुई दिने इन्टरनेट वर्कसप कार्यक्रम र यो वर्कसप भिन्न रहने छ । जनवरीको मध्यमहिनापछी मा आयोजना हुन सो वर्कसपमा सिनेमाको इतिहास, भाषा तथा हरेक बिषयबस्तुको बारेमा निर्देशक र स्क्रिप्ट र्राईटरलाई प्रशिक्षण दिईने छ ।