मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेश र नेल पोलिश

विजय आवाज, काठमाण्डौ, 2010/10/22

तपाईले नायक रेश मरहठ्ठालाई त  चिन्नुभएकै होला । रेश नामले नचिने अब  सुरेश नामले त चिन्नु भयो  होला  । उहि 'चाहन्छु म तिमीलाई नै' का नायक क्या ! पिँजडा चलचित्र खेलेपछि उनी एकाएक विदेशतिर लम्किए । केही समय अमेरीका वसेर आएपछि उनी अहिले 'च्यालेन्ज' फिल्म बनाएका छन् ।


अमेरीकाबाट फर्किएर चलचित्र उद्योगमा यिनले के के नै गर्छन् भन्ने सोचेका सवैले हावा खाए । रेशले केही अंग्रेजी वोल्न र केही विदेशी चिने, यो वाहेक अन्य काम उनको देखिएको छैन । यिनै सुरेश अर्थात् रेशको एउटा अनौठो बानी हामीले देख्यौं ।

 

च्यालेन्ज निर्माण गरेर निर्माताको परिचय समेत बनाउदै गएका यि नायकको हात तिर हाम्रो आँखा गयो । उनलाई देखेर हामी त तिन छक पर्यौ । हो, अमेरीका गएर केही नसिके पनि उनले एउटा कुरा भने सिकेछन् ।



नायक रेशले आफ्नो दुवै हातको दश औलामा नेल पोलिश लगाएका छन् । नेल पोलीश महिलाहरुले लगाउछन् । तर, पुरुषको हातको सबै औलामा नेल पोलिश निक्कै अचम्कको कुरा हो ।


एक औलामासम्म नेल पोलिश लगाउनु सामान्य कुरा हो, तर  हातका दशै औलामा नेल पोलिश  लगाउने नायकको यो कस्तो सोख हो ? रेशको औला हेर्दा लाग्थ्यो औलामा नेल पोलिश लगाएर उनि के के नै महशुश गर्दै थिए ।  उनको हातको नेल पोलीशको सोख देखेर वरपरी थुप्रै व्यक्तिहरु छक्क पर्दै उनलाई प्रश्न पनि गरिहाल्छन् । किन यस्तो गरेको भनेर । तर, यि अमेरीकामा वसेर आएका हिरोले सिकेको यो वानी देखेर अव तपाई हामीले के भन्ने ?