मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

रेखा र आर्यनको सित युद्ध

फिल्मीखबर, काठमाण्डौ, 2010/10/22

एउटै  आन्द्रा जस्तो भएर सँगै काम गरेका नायक आर्यन सिग्देल र नायिका रेखा थापाबीच सित युद्ध चलेको छ । रेखा फिल्मसको दोस्रो प्रस्तुती 'किस्मत' बाट डेब्यू गरेका नायक आर्यनले रेखाको केही ब्यबहार प्रति आपत्ति जनाउदै उनीसंगको नजिकपनलाई टाढा बनाउदै लगेका छन् ।



कुनै समय एक अर्कालाई एक छिन् देख्न नपाउदा खाएको भात समेत नपच्ने उनीहरूको सम्बन्धमा अब  दरार उत्पन्न भएको छ । यहाँ  सम्मकी रेखाले आर्यनको कुनै पनि राम्रो कुरा सुन्न चाहदिनन्  भने आर्यन पनि रेखाको कुरा कसैले आफ्नो अगाडी नगरिदेओस् भन्ने  चाहन्छन् । 




रेखा र आर्यनबीच यति सम्मको विवाद उत्पन्न भएको छ की रेखा खेलेको फिल्ममा आर्यनले नखेल्ने निर्णय पनि गरेका छन् । यसको उदाहरण रेखा र निर्देशक उज्जवल घिमिरेले संयुक्त रूपमा निर्माण गर्न लागेको नयाँ  फिल्ममा आर्यनलाई लिने कुरा थियो तर सो फिल्ममा रेखाले पनि अभिनय गर्ने कुरा घिमिरेले आर्यनलाई बताएपछी आर्यनले सो चलचित्रको स्क्रिप्ट मन नपरेको बहानामा उज्जवलको प्रोजेक्टलाई बहिस्कार गरिदिएका थिए ।



यस्तै फिल्मीखबरलाई प्राप्त भएको जानकारी अनुसार नायिका थापाको पाँचौ चलचित्र कसले चोर्‍र्यो मेरो मनको पब्लिसिटी पोष्टरमा थापाको तस्बिर हाबी गरिएको र आफ्नो तस्बिरलाई प्राथमिकता नदिएको भन्दै आर्यनले रेखा प्रति असन्तुष्ट ब्यक्त गरेका छन् ।



सोही अनुरूप हिजो बिहिबार कुमारी सिनेमा घरमा आयोजना गरिएको सो  चलचित्रको फेमिली शोलाई समेत आर्यनले बहिस्कार गरेका थिए । आर्यनलाई चलचित्र हेर्न  निर्माता छविराज ओझाले म्यासेज  पठाएका थिए तर आर्यनले रेखा पति छविको म्यासजलाई वास्तै नगरी कार्यक्रममा अनुपस्थित भए ।