
बालबालिकालाई लक्षित गरेर निर्माण गरिएको चलचित्र इकुको दोस्रो भाग निर्माण गरिएको छ । 'इकु ब्याक अगेन' नाम गरेर बनाईएको सो सिक्वेल चलचित्रको छायाकंन शुक्रबारबाट सुरू भएको छ ।
भक्तपुरको सूर्यविनायकबाट पहिलो छायाकंन गरिएको सो चलचित्रको बाकी छायकंन पैतालिस दिन भित्र पूरा गरिने निर्देशक सागर लामिछानेले जानकारी दिए । यस अघि इकुमा पब्लिसिटी सहित २२ लाख खर्च गरिएको थियो भने यो फिल्ममा ५५ लाखको बजेट छुट्टाइएको लामिछाने बताउछन् । यस्तै लामिछानेका अनुसार पूरानो इकु बालबालिका लक्षित थियो भने यो फिल्म बालबालिका सहित अन्य बर्गका दर्शकलाई समेत लक्षित गरेर निर्माण गरिन लागिएको हो ।
एसएमएस फिल्मसको ब्यानरमा टुके क्यामेराले छायाकंन सुरू गरिएको यस चलचित्रको मुख्य पात्र इकु अर्थात सुलेमान शंकर हुन । पूरानो चलचित्रमा उषा राजक नायिका थिइन् भने यो चलचित्रको नायिकामा नयाँ अनुहार देख्न पाईने छ । यध्पी उनी को हुन भन्ने बारेमा निर्देशकले खुलाउन चाहेनन् ।
चलचित्र इकुमा इकु कसरी जंगलमा पुग्यो भन्ने बारे नखुलाईएकाले यो चलचित्रमा उ कसरी र किन त्यहाँ पुग्यो भन्ने रहस्य खोलिनुको साथै इकुका नयाँ-नयाँ क्रियाकलाप प्रस्तुत गरिने लामिछानेको भनाई छ ।