
चलचित्र 'मालतीको भट्टी' निर्माणमा व्यस्त रहेका निर्माता प्रदिप कुमार उदय सो चलचित्रको सुटिङ सक्न नपाई अर्को चलचित्र निर्माणको तयारीमा जुटेका छन् ।
आफैले डेब्यू गराएका निर्देशक ऋषि लामिछानेलाई निर्देशन जिम्मा दिएका प्रदिपले प्रेम कथामा आधारित चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' निर्माण गर्न लागका हुन । आफ्नो छैठौ प्रोजेक्टको बारेमा बताउदै प्रदिप भन्छन् 'स्क्रिप्टको फाईनल हुन लाग्यो, अब कलाकारको टुङ्गो लाग्ने बित्तिकै सुटिङ्ग सुरू गर्छु ।'
काबिल फिल्मसको लागि ब्रदर्श इन्टरटेन्मेटको प्रस्तुती रहने सो चलचित्रको छायाकंन आउदो मंसिर १५ गते बाट सुरू गर्ने मनस्तिथित बनाएका प्रदिपको यो प्रोजेक्ट लभ एक्सनमा आधारित रहने छ ।
चलचित्रको कथा अनुसार मुख्य पात्र अर्थात नायक-नायिकाको खोजीमा रहेका प्रदिप सुन्दर नायक र सुन्दरी नायिकाको खोजीमा ब्यस्त हुन थालेका छन् ।