मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'राहुलसँग मेरो कुनै सम्वन्ध छैन' : उषा पौडेल

विजय आवाज, काठमाण्डौ, 2010/10/23

नेपाली चलचित्रका कलाकारहरुका लागी वलिउड सपना वन्ने गर्दछ । वलिउड  चलचित्रमा अभिनय गर्नका लागी केही कलाकारहरु त्यस तर्फ नलागेका पनि होईनन् । यी मध्ये कमै मात्र कलाकार सफल भएका छन् ।



वलिउड  नगरीमा नायिका  मनीषा कोईराला सफल कलाकारको रुपमा चिनीन्छीन । यी वाहेक अधिकांश कलाकारको मुम्बई संघर्ष संघर्ष मात्र रह्यो । केही महिना अघि नायिका उषा पौडेल पनि मुम्बई तर्फ  सुटुक्क लागेकी थिईन् । वलिउड  नगरीमा  नायक राहुल रोयसँग त्यता लागेपछि उषाका वारेमा थुप्रै हल्लाहरु वजारमा आए । कतिले उषालाई राहुलसँग नाम जोडेर समेत चर्चा गरे ।



दशै र तिहार परीवारसगै वसेर मनाउनका लागी हप्ता दिन अघि नेपाल आएकी उषाले यस्ता समाचारले आफूलाई निक्कै दुखित वनाएको वताएकी छिन् । फिल्मीखवरसँग कुरा गर्दै उषाले भनिन्, 'मेरो करिअर र  चरित्र माथि नै प्रश्न उठाउने गरेर केही संचार माध्यमले समाचार प्रकाशन गरेको थाहा पाउदा मलाई ज्यादै दुख लागेको छ ।'  मुम्बई पुगेपछि आफूले राहुल रोयलाई भेट्न त परको कुरा फोन समेत नगरेको दावी उषाले गरेकी छिन् । आफू बलिउडमा संघर्ष गर्न नभई केही सिक्न गएको उषाको भनाई छ ।



हाल उषा वलिउड  नगरीमा  चरित्र अभिनेता अनुपम खेरको याक्टर पर्फ स्कुलमा योगा, मार्सल आर्ट, क्यामेरा, डान्स, निर्देशनको तालिम  लिईरहेकी छिन् । तिहारपछि पुन तीन महिनाको बाँकी कोर्ष पुरा गर्न मुम्बई जाने योजना रहेको उषाको भनाई छ । तीन महीनाको बाँकी कोर्ष पुरा गरेपछि नेपाली चलचित्रमै र्फकने उनको योजना छ । नेपाली चलचित्रकी सफल नायीका उषा स्टार प्लसवाट प्रशारण भईरहेको एक रियालिटी शोमा वलिउड  नगरीका  सुपरस्टार अक्षय कुमारसँग देखिएकी थिईन् ।



उषाले यसलाई आफ्नो लागी सुनौलो अवसर र संयोग मानेकी छिन् । 'यो कार्यक्रमको छायांकनको क्रममा उहाहरु अनुपम सरको स्कुलमा आउनु भएको थियो, सोही समयमा अनुपम सरले मलाई यो रियालिटी शोको प्रोमो अभिनय गर्र्छौ भनेर प्रस्ताव राख्नुभयो, मैले पनि अक्षय कुमारसँग काम गर्न पाउदा नाई भन्ने कुरा नै थिएन, अनि अभिनय गरे,'  उनले सुनाईन् । आफू नेपाली चलचित्रमै र्फकने प्रतिवद्धता समेत उषाले व्यक्त गरेकी छिन् ।



केही समय अघि नायिका संचिता लुइटेलसँग
विवाह वन्धनमा बाधिएका नायक निखील उप्रेति पनि वलिउड  नगरीमा प्रवेश गर्न लागी परेका छन् । यस्तै नायक विराज भट्ट पनि भोजपुरी चलचित्र हुदै बलिउडमा अभिनय गर्ने धुनमा लागेको वुझिएको छ । यसरी बलिउडलाई सपना वनाउने कलाकारहरुको भिडमा नायिका  उषा पौडेल कुनै हिन्दी चलचित्रमा दखिईन् भने यसलाई अनौठो नमान्दा हुन्छ । तर कलाकारहरु नेपाली चलचत्रिमा भविष्य नदेखेर पलायन हुन थाल्ने हो भने यसले डरलाग्दो अवस्था सिर्जना गर्न सक्दछ ।


उषा जस्ता कलाकारहरु विदेशतिर लाग्नुलाई वुढी मरी भन्दा पनि काल पल्कियो भनेर वुझ्नु आवश्यक छ । यसैले कलाकर पलायन हुने अवस्थालाई रोक्न सरकारी तथा चलचित्र क्षेत्रवाटै पहल हुनु जरुरी छ । तर,आशा गरौ नायिका  पौडेलले प्रतिवद्धता जाहेर गरेजस्तै, उनि नेपाली चलचित्र उद्योगमै फर्कने छिन् ।