मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'लाजालाम कम्प्यूतर इन्जिनियर' को डाईटिङ्ग

फिल्मीखबर, काठमाण्डौ, 2010/10/23

हेडलाईनका सुरूका तीन शब्द टेलिभिजनको स्क्रिनमा तोती बोली बोल्ने मोटे कलाकार आर. पी. भट्टराईको थेगो हो । उनी बास्तविक जीवनमा तोते त बोल्दैनन तर सार्वजनिक रूपमा उनलाई भेट्ने जति सबैले लाजालामा कम्प्यूतर  इन्जिनियर भन्दै जिस्काउने गर्छन ।



नेपाल टेलिभिजनको स्थापना भए लगत्तै २०४३ सालबाट परिआईन टेलिचलचित्र मार्फत अभिनय यात्रा सुरू गरेका आरपी यो समय ठूला पर्दामा  खोजीको पात्र बन्न थालेका छन् । अत्यन्त मोटो त्यस माथि सुप्पप कमेडी गर्ने आरपीले आधा दर्जनको संख्यामा  टेलिचलचित्र साथै एक पलको माया,  नाइ नभन्नु ल, सहिद, जादुगरमा जस्ता  चलचित्रमा आफ्नो क्षमता देखाईसकेका छन् ।



यस्तै आजभोली नव निर्देशक गणेश देव पाण्डेले निर्देशन गरिरहेको चलचित्र  'मालतीको भट्टी' मा ब्यस्त रहेका आरपीलाई आफ्नो मोटो शरिरले टेनसन दिन थालेछ । शरिर घटाउन डाईटिङ्ग सुरू गरेका आरपीले दुई महिना भईसक्यो चामलको भात खान छाडेको । डाईटिङ्ग सुरू गरिकन उनले आफ्नो तौल २० केजी घर्टाई सकेछन् । अहिले उनको तौल ९४ केजी छ । के तपाई नेपालकै मोटो मान्छे हो भन्ने फिल्मीखबरको प्रश्नमा आरपी भन्छन् , 'त्यो त मलाई थाहाँ छैन, तर मोटे मान्छेहरूको भीडमा म पनि गनिन्छु ।'  उनको बास्तविक कम्मर ३६ हो रे तर भुडीमा पाईन्ट लगाउने भएकाले ४८ साईज उनलाई चाहिन्छ ।




राष्ट्रिय नाचघरको जागिरे समेत रहेका आरपीको मोटो हुने कथा सानै देखिको फरक रहेछ । 'बुबाले भैसी दुहिरहेको बेला म ग्लास लिएर गुवाली जान्थे, त्यसपछी बुवाले बल्टिङ्गमा दुघ दुहुनु पहिले मेरो ग्लास भर्नु हुन्थ्यो अनि म काचै पिउथे'  बाल्यकालको खन्चुवा स्वभाव सम्झदै उनले भने । यस्तै आरपी खानका लागि यति सम्मको क्रेजी कि उनी जे देख्यो त्यहि खान्थे रे । बाहुनको छोरो तर पनि घरमा बुबाले आफ्नो लागि कुखुरी पालिदिएको बताउदै आरपीले त्यो कुखुरीले अण्डा पार्ने वित्तिकै आफुलाई थाहाँ हुने र त्यो अण्डा काचै खाईदिने  पूरानो बानी सम्झिए ।


तर आरपीको खन्चुवे स्वभावमा अब परिवर्तन आएको छ । उनले चाहेर पनि धेरै खान सक्दैनन् । धेरै खायो भने अब उनको शरिर झन मोटाउछ । मोटो शरिरले हिडडुल गर्न, बस्न समेत अप्ठयारो हुन थालेपछी आरपीले ठूलो शरिरको इन्जिनको खुराक स्वात्त घाटाएका छन् । भोक सहदै आफ्नो नयाँ डाइटिङ्ग रूटिन सम्झदै  उनले भने ,'विहान उठ्छु, चिनि विनाको चिया खान्छु त्यसपछी हरियो साग सब्जी दहि सहित च्याखलाको भात खान्छु अनि दिउँसो सामान्य खाजा र एकै चोटी बेलुकी पातलो ४/५ वटा रोटी सब्जी र दुध सित खान्छु, बस यहिँ हो मेरो नयाँ  डाईटिङ्ग रूटिन । '