मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दिमाग नभएका हिरो हिरोइन

विजय आवाज, काठमाण्डौ, 2010/10/23

यसै त नेपाली चलचित्र उद्योगमा आउने अधिकांश कलाकार पढ्न नसकेर यो क्षेत्रमा आउछन् भन्ने आरोप खेपीरहेका छन् । नेपाली चलचित्र उद्योगलाई पढ्न नसकेकाहरुको गरीखाने उद्योग भनेर भन्ने गरीन्छ । यस्ता कुराले पिडीत वनेका नेपाली चलचित्रका चलचित्रकर्मीलाई एकजना निर्माताले झनै पिडीत वनाईदिएका छन् ।



चलचित्र मालतीको भट्टीको छायांकनमा  व्यस्त रहेका निर्माता प्रदिप उदयले आफ्नो नयाँ चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' को लागी नया नायक नायिकाको खोजी गरेका छन् । फेसवुकको साहारावाट कलाकारको खोजी गरीरहेका प्रदिपलाई चाहिएको नायक नायिका कस्ता हुन् त ? प्रदिपले फेसवुकको वालमा लेखेका छन्, ह्यान्डसम हिरो र सुन्दर हिरोईन, जसको दिमाग पनि साथमा होस् । प्रदिपले ह्यान्डसम हिरो र सुन्दर हिरोईन खोज्नुलाई स्वभाविक रुपमा हेर्न सकिन्छ, तर दिमाग पनि भएका भनेर भन्नुको अर्थ के हो ? उनको भनाईलाई  सामान्य रुपमा वुझ्ने हो भने पनि उनी दिमाग नभएका कलाकारलाई अभिनय गराउदा गराउदै दिक्क छन् । यसैले उनि दिमाग भएका कलाकार खोजीरहेका छन् । के नेपाली चलचित्रमा अभिनय गर्ने अधिकांश कलाकार दिमाग भएका छैनन् ? प्रश्न उठाउने ठाउ प्रशस्त भेटिएको छ ।


उनले  छायांकन गरिरहेको चलचित्र मालतीको भट्टीमा अभिनय गर्ने कलाकार पनि दिमाग  नभएका हुन् त ? प्रदिप जी  तपाईले नेपाली चलचित्र उद्योगमा एकजना पनि दिमाख भएका कलाकार भेट्नुभएन कि कसो ? सायद यसैले आफ्नो पिडा पोख्दै फेसवुकको साहारामा आउनुभयो । नेपाली चलचित्र उद्योगमा पढेर कलाकार आउदैनन् भन्ने भनाईलाई निर्माता प्रदिप उदयको यो भनाईले झनै मलजल गरेको छ । यसले सिङ्गो चलचित्र उद्योगका नायक नायिकाको क्षमता माथी नै प्रश्न चिन्ह उठाएको छ ।


२०४५ सालमा चेलीवेटी चलचित्रवाट निर्माता वनेका प्रदिपले हालसम्म ५ वटा नेपाली चलचित्र निर्माण गरीसकेका छन् । प्रदिपको भनाईलाई सापटी लिने हो भने, यि ५ वटै चलचित्रका नायक नायिकाको दिमाख नभएको प्रष्ट वुझिन्छ ।