मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छायांकन प्रशिक्षण कार्यक्रम सम्पन्न

फिल्मीखबर, काठमाण्डौ, 2010/10/24

इन्डिजिनयस फिल्म अर्काइभ (आइफा) ले आयोजना गरेको छायांकन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राजधानीको अनामगरस्थित आईफाकै कार्यालयमा आयोजना गरिएको सो प्रशिक्षण कार्यक्रममा १४ जना निर्देशक तथा छायाकारहरू सहभागी थिए ।

 

बुधबारदेखि शुरू भएको सो चार दिनको प्रशिक्षण कार्यक्रममा क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेसनका वरिष्ठ छायाकार रिचर्ड एजकोटेले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा भिजुअल स्टोरी टेलिङ, क्यामेरा मुभमेन्ट, स्पोजर, साउन्ड एडिटिङ, लाइटिङ, क्यामराको सटर स्पिडजस्ता विभिन्न प्रशिक्षण दिएको आयोजकले जनाएको छ ।

 

नेपाली आदिवासी समुदायका चलचित्र निर्देशक एवं छायाकारहरूको प्राविधिक स्तर सुधार्न अन्तरार्ष्ट्रिय स्तरको सीप सिकाईएको आयोजकले बतायो । प्रशिक्षणमा निर्देशकहरू सम्झना रौनियार, रामबाबु गुरुङ, सञ्जोग लाफा मगर, एकराम महर्जन र छायाकारहरूमा शवनम मुखिया, लाजिम बुढा,  रोशन लिम्बू , रविन र्राई, प्रकाश गुरुङ, मेजन पुन मगर, युग गुरुङ, राजन पुवाँर  र चन्द्रबहादुर र्राई थिए ।