मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रञ्जना फर्कने सम्भावना न्यून

अनुप भट्टराई, काठमाण्डौ, 2010/10/24

करिब चार महिना अघि सागीतिक कार्यक्रमका लागि अमेरिका प्रस्थान गरेकी नायिका रञ्जना शर्मा  नेपाल नफर्कने मनस्थितिमा पुगेको खबर प्राप्त भएको छ ।

 


गायिका अञ्जु पन्त उनका श्रीमान मनोज सेवा, जगदिश समाल सहित केही टोलीको साथमा सात समुद्र पारीको देश अमेरिका पसेकी नायिका शर्माले नेपालमा आफ्नो भविष्य नदेखेको भन्दै  उतै बस्ने मनस्थिति बनाएको बुझिएको छ । एक महिना अघि रञ्जनाका पति तथा निर्देशक श्याम भट्टराईलाई सोधिएको प्रश्नमा मिडिया सम्बन्धी ट्रेनिङका लागि  उनी दशै सम्म अमेरिका बस्ने बताएका थिए । तर फिल्मीखबरलाई प्राप्त भएको जानकारी अनुसार उनले मिडिया सम्बन्धी कुनै तालिम नलिएको र नेपाल फर्कने सोचमा पनि नरहेको बुझिएको छ ।

 


यस्तै रञ्जनासंगै अमेरिका गएकी  स्वरको रानी  अञ्जु भने एक महिना पहिले नेपाल फर्किसकेकी छिन् । तर उनका पति मनोज भने अहिले सम्म नेपाल फर्किएका छैनन् । रञ्जनासंगको टोलीमा अमेरिका गएका गायक जगदिश समाल, कोरियोग्राफर टासी लामा र नृत्यङ्गना द्धय विन्दु तामाङ र आशा कार्की पनि नेपाल नफर्कने मनस्थितिमा रहेको बुझिएको छ ।

 


नायक सरोज खनाल, रमेश उप्रेती,  नायिका कृष्टी मैनाली, पुजा चन्द,  जल शाह, गायक कर्णदास जस्ता हस्तीहरु विदेश पलायन हुदा नेपाली चलचित्र वजारले ठुलो क्षती त भोगेको छ नै । अर्कोतिर कार्यक्रम प्रस्तुत हुने वहानामा कतिपय कलाकारहरु विदेशमै लुकेर बसिदिँदा नेपाली कलाकार माथीको विश्वसनीयता नै गुम्ने अवस्था पनि आएको छ । यसले सिङ्गो कलाकारीता क्षेत्रलाई वदनाम वनाएको कुरालाई विस्रनु हुदैन । कलाकारहरुले औलो दिँदा डुडुल्नो निल्ने काम गर्ने हो भने नेपाली कलाकारहरुको राम्रो आम्दानी हुने विदेशी कार्यक्रमहरु नै वन्द नहोला भन्न सकिदैन ।