मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आफ्नो आङमा भैसी नदेख्ने निर्देशकहरु

विजय आवाज, काठमाण्डौ, 2010/10/24

निर्देशक विकास आचार्यलाई अरु निर्देशकले निर्देशन गरेको चलचित्र खासै हेर्न रुचि लाग्दैन । यदि उनले हेरी हाले भने पनि सकारात्क प्रतिक्रिया कहीले दिदैनन् । यस्तो पनि चलचित्र हुन्छ, यो भन्दा त मैले निर्देशन गरेको चलचित्र धेरै गुणा माथी छ, विकासको प्रतिक्रिया आईहाल्छ ।

 

उता निर्देशक नरेश पौड्यालको पनि यस्तै भनाई छ । चलचित्र दिपशीखा निर्देशन गरेपछि नरेशको मुखमा सधै एउटा भनाई आयो । जुन चलचित्र हेरेपनि उनी मुख खुम्चयाउथे  र भन्थे, मेरो चलचित्रको अगाडी त यो केही पनि होईन । यो चलचित्रले राम्रो व्यापार गर्यो भने मेरोले त वम्पर नै हान्छ । तर, चलचित्र दिपशीखाले खासै राम्रो कलेक्शन गर्न सकेन, तर पनि नरेशको यो भनाई रोकीएको छैन । निर्देशक द्धोय त नेपाली चलचित्र उद्योगमा यस्तो व्यवहार देखाउने व्यक्तिहरुका केही उदाहरण मात्र हुन् ।

 

नेपाली चलचित्रका अधिकांश निर्देशकको नजरमा अरु निर्देशक कहिल्यै सफल छैनन्  र उनिहरुले निर्देशन गरेका चलचित्रका त झन् कुरै नगरौ । अधिकांश निर्देशकहरु आफ्नो चलचित्रको वारेमा चर्चा गर्न छोडेर अरुको चलचित्रको उछितो काट्नमै व्यस्त भएको पाईन्छ । चलचित्र निशानाले देशभरका हलहरुमा औषत व्यापार गरेपनि यसका निर्देशक सुरेशदर्पण पोख्रेलले हल्ला निक्कै गरे । आफ्नो चलचित्रको व्यापार यस भन्दा अगाडिका चलचित्रका भन्दा निक्कै माथी रहेको उनको भनाई रह्यो । तर, उनले पनि अरु सफल चलचित्रलाई कहिल्यै सफल देखेनन् ।

 

कुनै चलचित्रको प्रिमीयरमा सहभागी नेपाली निर्देशक भए भने उनिहरुको व्यवहार दुइ प्रकारको रहने गर्दछ । चलचित्र निर्माण युनिटको अगाडी ठिक्क पारेता पनि उनीहरु पछाडी भने कुरा काट्नमै तल्लीन भएको पाईन्छ । यो कुरामा निर्देशक दिपक श्रेष्ठ पनि अगाडी छन् । कुनै समय आफूभन्दा राम्रो निर्देशक नै नभएको दावी गर्ने यि निर्देशक पनि अरुका चलचित्रको सकारात्क प्रतिक्रिया दिदैनन् । उनले निर्देशन गरेका अधिकांश चलचित्रले समालोचकहरुको चर्को आलोचना खेपे पनि उनी आफ्नो चलचित्रको वखान गरेर कहिल्यै थाकेको पाईदैन ।

 

चलचित्र विषवाट निर्देशन यात्रा थालेका निर्देशक शंकर घिमीरे पनि अरुका चलचित्र हेरेर नाक खुम्च्याउन अगाडी नै देखिन्छन् । तर, उनले निर्देशन गरेको चलचित्र विषले राम्रो व्यापार गरेन भने अन्य चलचित्र प्रदर्शनको क्रममा रहेका छन् । निर्देशक आकाश अधिकारी अरुका चलचित्रमा खासै वोल्न चाहादैनन् । तर, उनी आफ्नो भने अरुले प्रशंसा गरुन् भन्नका लागी निकै अग्रसर देखिन्छन् । यसका लागी उनले धेरै उपायहरु अपनाएको पाईन्छ । चलचित्र स्वर मार्फत निर्देशन यात्रा थालेका निर्देशक प्रसन्न पौडेल रीलीज हुनु पूर्व नै चलचित्र उत्कृष्ट वनेको दावी गर्दै हिडेका छन् । यसवाट उनी पनि आफ्नो वखान गर्नमा अगाडी रहेको पाईन्छ ।

 

आफ्नो आङमा भैसी नदेख्ने अनि अरुको आङमा जुम्रा हिडेको समेत देख्ने निर्देशकहरुको यो व्यवहारले चलचित्र उद्योगलाई अगाडी वढ्नमा अवरोध सिर्जना गरको छ । तर, उनिहरु यो विषयमा कत्तिपनि जानकार नभएको जस्तो देखिन्छन् । हुनत, आफूभन्दा ठूलो कोही पनि छैन भन्ने यी निर्देशकहरुको व्यवहार सुध्रिने कुरामा शंका गर्ने प्रशस्त ठाउ रहेका छन् । नेपालका अधिकांश निर्देशक प्रशंसाका भोगी छन् । तर, आफूले अरुको प्रशंसा गर्न जानेमात्र अरुले पनि आफ्नो प्रशंसा गर्छन् भन्ने वुझ्नुपर्दछ । आशा गरौ, नेपाली चलचित्रका निर्देशकहरुले अव यस्तो व्यवहार देखाउने छैनन् ।