मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मल्टिप्लेक्स बन्दै कलंकी र गंगा

फिल्मीखबर, काठमाण्डौ, 2010/10/24

राजधानीमा विगत पन्ध्र बर्षदेखि सिंगल स्क्रीन संञ्चालनमा रहेका दुई सिनेमा भवन  कलंकी सिनेमा प्रालि र गंगा चलचित्र मन्दिर  पल्टिप्लेक्समा रूपान्तर हुने भएका छन् ।



सिगंल स्क्रीनमा ६ सय सिट क्षमताको कलंकी सिनेमा प्रालिले एसि सहित थप २ सय सिट क्षमताको अर्को भवन निर्माण कार्यलाई तिब्रता दिएको छ । हाल सम्म ७० प्रतिशत निर्माण कार्य सम्पन्न सो हल निकै स्टयार्ण्डड  हुने प्रोप्राईटर मदन शाक्यको भनाई छ ।
 

यस्तै बालाजुमा रहेको ६ सय सिट क्षमताको गंगा चलचित्र मन्दिरमा पनि सुबिधा सम्पन्न हिसाबले ३ सय ५० सिट क्षमताको अर्को भवन निर्माण कार्यलाई  अन्तिम रुप  दिईरहेको छ ।  सञ्चालक मदनमान बर्ज्रचार्यले दिएको जानकारी अनुसार  नयाँ भवनको ९० प्रतिशत निर्माण कार्य सम्पन्न भईसकेको छ ।



सिंगलबाट मल्टिप्लेक्समा परिवर्तन हुन लागेका ती दुवै हलको उद्धघाटन  चलचित्र 'हासि देऊ एक फेर' को प्रदर्शनमा मितिमा गरिने बताईएको छ ।